National life

बाग्लुङ बुर्तिबाङमा प्रभु बैंकको वित्तीय साक्षरता सम्बन्धी र्याली

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ चैत २०८१, सोमबार
673Shares
बाग्लुङ बुर्तिबाङमा प्रभु बैंकको वित्तीय साक्षरता सम्बन्धी र्याली
ncell

काठमाडौं । ग्लोबल मनी वीक २०२५ को अवसरमा प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले बागलुङ जिल्लाको बुर्तिबाङमा वित्तीय जनचेतनामूलक र्याली आयोजना गरेको छ। “अनुसरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं” भन्ने मूल नाराका साथ आयोजित र्यालीले बुर्तिबाङ बजार परिक्रमा गरेको थियो।

र्यालीमा सहभागीहरुले वित्तीय साक्षरतासम्बन्धी सन्देश लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेका थिए। कार्यक्रममा प्रभु बैंक बुर्तिबाङ शाखाका प्रमुख ज्ञान बहादुर क्षेत्रीले ग्लोबल मनी वीकको महत्त्व र वित्तीय साक्षरताको आवश्यकतामाथि प्रकाश पार्दै बालबालिका, युवा तथा वृद्धहरूलाई बचत, लगानी र वित्तीय योजनाको महत्त्व बुझाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

युवा पुस्तालाई सानैदेखि बचत गर्ने बानीको विकास गराउनु, वित्तीय योजनाको महत्त्व बुझाउनु तथा वित्तीय साक्षरताको प्रवद्र्धन गर्नु र्यालीको मुख्य उद्देश्य रहेको बैंकले जनाएको छ। साथै बैंकले आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
673SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?