National life

बैंकहरुमा बढ्दो खराब कर्जा : १३ बैंकको बढ्दा ७ वटाले घटाए, कुनको कति ? (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ भदौ २०८२, सोमबार
458Shares
बैंकहरुमा बढ्दो खराब कर्जा : १३ बैंकको बढ्दा ७ वटाले घटाए, कुनको कति ? (सूचिसहित)
ncell

काठमाडौँ । गत आर्थिक वर्ष २०८१–८२ मा एक एक दर्जन बढी बैंकको खराब कर्जा बढेको छ। हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये केही बैंकले खराब कर्जा सुधारको अध्यास गरेका छन् भने धेरैजसो बैंकहरुको कर्जा गुणस्तरमा चुनौती थपिएको छ।

अर्थतन्त्र देखिएको सुस्तता कारण बैंकिङ क्षेत्रमा खराब कर्जा बढ्ने स्थिति देखिएको छ । यस अवधिमा बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार १३ वाणिज्य बैंकको खराब कर्जा बढ्दा ७ वटाले मात्र घटाएका छन्।

Royal Enfield
nic asia capital
उक्त अवधिमा ५ वटाको खराब कर्जा ५ प्रतिशतभन्दा बढी, ६ वटाको ४ देखि ५ प्रतिशत, र बाँकी ९ वटाको ३ प्रतिशतभन्दा कम रहेको छ।

वाणिज्य बैंकहरुको औसत खराब कर्जा ४.२२ प्रतिशत कायम भएको छ। अघिल्लो आर्थिक वर्षमा यो औसत ३.७३ प्रतिशत थियो। समीक्षा अवधिमा ७ वटा बैंकको खराब कर्जा ०.०३ देखि ०.६९ प्रतिशत बिन्दुले घटेको छ भने १३ वटा बैंकमा ०.०२ देखि २.८३ प्रतिशत बिन्दुले वृद्धि भएको छ।

एभरेष्ट बैंकको खराब कर्जा अनुपात मात्र एक प्रतिशतभन्दा कम रहेको छ। गत आर्थिक वर्षमा सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैंकमा ०.३८ प्रतिशत, सबैभन्दा धेरै हिमालयन बैंकमा ७.२८ प्रतिशत रहेको छ। कुमारी, एनआईसी एशिया, सिटिजन्स, नबिल र लक्ष्मी सनराइज बैंकको तुलनात्मक रूपमा धेरै खराब कर्जा रहेको देखिन्छ। एनआईसी एशिया बैंकको खराब कर्जा अघिल्लो वर्षको ३.४५ प्रतिशतबाट गत वर्ष ६.२८ प्रतिशत पुगेको छ।

यसैबीच, २० वटा वाणिज्य बैंकले गत आर्थिक वर्षमा कुल ७१ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन्, जुन अघिल्लो वर्षको तुलनामा करिब ४३ प्रतिशत बढी हो। २० वाणिज्य बैंकमध्ये १६ वटाको नाफा बढेको छ भने बाँकी ४ वटाको घटेको छ। सरकारी लगानी रहेको राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले खराब कर्जा घटाएका छन्।

त्यस्तै, नबिल, एभरेष्ट, चाटर्ड, लक्ष्मी सनराइज र माछापुच्छ्रे बैंकले पनि अघिल्लो वर्षको तुलनामा खराब कर्जा अनुपात कम गरेका छन्। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको सहज व्यवस्थाले बैंकको खराब कर्जा बापतको नोक्सानी व्यवस्थालाई पनि घटाएको छ।

                                                      कुन बैंकको कति ?










































































































































बैंकहरुको नामएनपीएल % २०८२ असारएनपीएल % २०८१           असारअन्तर %
Himalayan Bank7.284.982.30
Kumari Bank6.425.960.46
NIC Asia Bank6.283.452.83
NIMB5.804.910.89
Prime Commercial Bank5.564.600.96
Prabhu Bank4.964.940.02
Citizens Bank International4.944.100.84
Global Ime Bank4.874.170.70
Nepal Bank4.474.330.14
Nabil Bank4.274.45-0.18
Laxmi Sunrise Bank4.254.63-0.38
Machhapuchchhre Bank3.833.86-0.03
NMB Bank3.723.400.32
Rastriya Banijya Bank3.594.28-0.69
Nepal SBI Bank3.351.961.39
Krishi Bikash Bank3.263.91-0.65
Sanima Bank3.011.721.29
Siddhartha Bank2.622.170.45
Standard Chartered Bank1.472.14-0.67
Everest Bank0.380.71-0.33
AVERAGE4.223.730.48

यो समाचार शेयर गर्नुहोस्
458SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?