काठमाडौं। चालु आर्थिक वर्ष सुरु भएसँगै सूचीकृत कम्पनीहरुले पनि गत वर्षको नाफाबाट प्रतिफल प्रस्ताव गर्न थालेका छन् । केही दिन अघिमात्रै माछापुच्छ्रे बैंकले सेयरधनीलाई १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । अरु बैंक तथा वित्तीय संस्थाले पनि लाभांश घोषणा गर्ने आन्तरिक तयारी थालेका छन् । त्यसैले लगानीकर्ताहरुले वित्तीय अवस्था निकै राम्रो रहेका कम्पनीहरुको सेयर खरिद गर्दा भविष्यमा निकै राम्रो प्रतिफल प्राप्त गर्न सक्नेछन् ।
गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार शीर्ष स्थानमा आउने ५ वाणिज्य बैंकहरुमध्ये एनआइसी एसियाको सबै भन्दा धेरै २५६ रुपैयाँ ४१ पैसा नेटवर्थ रहेको छ । प्रतिसेयर आम्दानी पनि यही बैंकलको धेरै दिखिएको छ । ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यसको रिजर्भ तथा सरप्लसमा १८ अर्ब ८ करोड ७२ लाख रुपैयाँ जम्मा छ ।
त्यस्तै, गत वर्षको अन्यसम्ममा यसले ४ अर्ब ६५ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । वितरणयोग्य नाफापनि ३१.९९ प्रतिशत रहेको छ । यस बैंकको गत ५ वर्षको औसत लाभांश वितरण दर १०.३२ प्रतिशत देखिएको छ । गत २ आर्थिक वर्ष लाभांश वितरण नगरेकाले यसको उक्त दर कम देखिएको हो ।
दोस्रोमा, नेपाल बैंकको विगत ५ वर्षको औसत लाभांश दर १४ प्रतिशत देखिएको छ । गत वर्षको वित्तीय रिपोर्ट अनुसार यसको वितरणयोग्य नाफा ६.६२ प्रतिशत छ । नेटवर्थ भने २४८ रुपैयाँ ९४ पैसा रहेको छ । चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रहेको यसको रिजर्भ तथा सरप्लसमा २१ अर्ब ८८ करोड ४८ लाख रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी २३ रुपैयाँ २२ पैसा छ ।
हाल लगानीकर्ताहरुको पहिलो रोजाइमा परेको एभरेष्ट बैंकको लाभांश क्षमता ४०.५० प्रतिशत छ । ५ वर्षको औसत लाभांश वितरण दर भने १७.३१ प्रतिशत देखिएको छ । यसको रिजर्भमा १४ अर्ब ७९ अर्ब जम्मा रहेकओ छ । यता, गत वर्षको रिपोर्ट अनुसार नबिलको लाभांश क्षमता १४.६४ प्रतिशत रहेपनि यसको औसत प्रतिफल वितरण दर भने ३४.२५ प्रतिशत देखिएको छ । स्टान्डर्ड चार्टर्ड बैंकको पनि समग्र वित्तीय अवस्था निकै राम्रो देखिएको छ । यसको लाभांश वितरण क्षमता २८.९९ प्रतिशत छ भने विगत ५ आर्थिक वर्षको औसत लाभांश दर १६.२८ प्रतिशत छ ।

विकास बैंकहरुमध्ये कुनको वित्तीय अवस्था कस्तो ?
लुम्बिनी विकास बैकको नेटवर्थ सबै भन्दा धेरै देखिएको छ । यसको प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ १७ पैसा छ । गत वर्षको नाफाबाट यसको लाभांश वितरण क्षमता ११.६१ प्रतिशत रहेको छ । ३ अर्ब ३८ करोड २८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यसको रिजर्भमा २ अर्ब ७७ करोड जम्मा रहेको छ । लुम्बिनीको गत ५ वर्ष औसत लाभांश वितरण दर १४.४४ प्रतिशत छ ।
सबै भन्दा धेरै मुक्तिनाथको औसत लाभांश वितरण दर १७.१९ प्रतिशत छ । यसको लाभांश वितरण क्षमता भने १०.०३ प्रतिशत देखिएको छ । ६ अर्ब ४२ करोड चुक्ता पुँजी रहेको यस विकास बैंकको रिजर्भमा ३ अर्ब १ करोड ७७ लाख रहेको छ ।

फाइनान्स कम्पनीहरुको कुनको अवस्था कस्तो ?
फाइनान्स कम्पनीहरुमध्ये सबै भन्दा धेरै नेटवर्थ गुडविल फाइनान्सको २५२ रुपैयाँ ११ पैसा रहेको छ । यसको गत ५ वर्षको औसत लाभांश वितरण दर ८.०५ प्रतिशत रहेको छ । चुक्ता पुँजी ९४ करोड ६१ लाख १५ हजार रुपैयाँ रहेको यसको रिजर्भमा भने १ अर्ब ४६ करोड रुपैयाँ जम्मा रहेको छ ।
त्यस्तै दोस्रोमा, गोर्खाज फाइनान्सको प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ २१ पैसा छ । यसको उत ५ आर्थिक वर्षको औसत लाभांस वितरण दर शून्य छ । सबै भन्दा धेरै लाभांश वितरण दर मञ्जुश्री फाइनान्सको छ । यसको उक्त दर १६.७९ प्रतिशत छ । यस फाइनान्सले लाभांश वितरण क्षमता ८.२२ प्रतिशत रहेको छ ।

































