काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि भएको आक्रमणबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्र बैंकले बैंकिङ कारोबारसम्बन्धी गुनासो समाधानका लागि औपचारिक संयन्त्र उपलब्ध रहेको उल्लेख गर्दै बैंक तथा वित्तीय संस्था तथा त्यहाँ कार्यरत कर्मचारीविरुद्ध हुने उच्छृङ्खल गतिविधि वित्तीय सेवामा बाधक हुने चेतावनी दिएको छ।
बैंक तथा वित्तीय संस्था लक्षित घटनाहरुप्रति राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण, वित्तीय प्रणालीमै जोखिम बढ्ने चेतावनी
नेपाल सरकार, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थासमेतको संयुक्त प्रयासअनुरूप सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति पुगेको कारण स्थानीयस्तरमा नै सर्वसाधारणसँग रहेको रकम निक्षेप राख्न, कर्जा लिन, विप्रेषण तथा सामाजिक सुरक्षा रकमलगायतका वित्तीय सेवा प्राप्त गर्न सहज भएको राष्ट्र बैंकले उल्लेख गरेको छ।






































