काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेकका अन्य दिनहरूमा पनि भन्सार जाँचपासका कार्यका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ।
केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण र आपूर्ति प्रणालीलाई सुचारु राख्नका लागि आवश्यक बैंकिङ सेवा सञ्चालनमा राख्न अनुरोध गरेको हो।
त्यसैगरी, राष्ट्र बैंकले आज शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (RTGS) प्रणाली पनि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने जनाएको छ।

































