National life

महालक्ष्मी विकास बैंकको २९ औँ वार्षिकोत्सव सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०७ जेठ २०८०, आइतबार
767Shares
महालक्ष्मी विकास बैंकको २९ औँ वार्षिकोत्सव सम्पन्न
ncell

काठमाडौं । महालक्ष्मी विकास बैंकको २९ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । आइतबार गतेदेखि बैंक ३० औँ वर्षमा प्रवेश गरेको हो । यस अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गर्नुका साथै २९ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम, सम्पूर्ण कर्मचारीहरुको संस्कृति झल्काउने साँस्कृतिक कार्यक्रम, वित्तीय साक्षरता र्याली, सम्पूर्ण शाखा कार्यालयहरुमा केक कटिङ कार्यक्रम, महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२३, श्रृङखला २ लगायत विभिन्न कार्यक्रमहरुको आयोजना गरी २९ औँ वार्षिकोत्सव मनाईरहेको छ ।

बैंकले वार्षिकोत्सवको अवसरमा २९ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
केन्द्रिय कार्यालयमा दरबारमार्ग शाखाको सक्रियतामा जेष्ठ ५ गते, शुक्रबार बिहान ११ः३० देखि दिउँसो ३ बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ ।

त्यस्तै शाखा, प्रादेशिक तथा केन्दि«य कार्यालयका कर्मचारीहरुको सहभागितामा काठमाडौंमा र सम्पूर्ण प्रादेशिक कार्यालयहरुका ९आठ वटा० विभिन्न स्थानहरुमा शाखा तथा प्रादेशिक कार्यालयका कर्मचारीहरुको सहभागितामा जेष्ठ ६ गते, शनिबार बिहान ७ः३० देखि ८ः३० सम्म वित्तीय साक्षरताका निम्ति प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ । उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ्ग सेवाहरुः जस्तै मोवाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो ।

त्यसैगरि वार्षिकोत्सवको अवसरमा गत बर्षदेखि सुरुवात गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको दोश्रो श्रृङखला ९महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२३, श्रृङखला २० १६ टिमको सहभागितामा बैैंकले जेष्ठ २०, २१ र २२ गते सञ्चालन गर्नेछ । बैंकले देशभर रहेका शाखाहरु मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानिय भेषभूषामा बंैकमा उपस्थित गराएर साँस्कृतिक कार्यक्रम गरेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले वार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा आदरणीय ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीहरुको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि हार्दिक कृतज्ञता व्यक्त गरेका थिए । ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पु¥याउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
767SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?