काठमाडौं । महालक्ष्मी विकास बैंकको बैंकको कायममुकायम सिईओका रुपमा रहेका दिपेश लम्साल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् ।
कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले लम्साललाई सिईओमा लम्साललाई नियुक्त गर्ने निर्णय गरेको थियो। सोही निर्णण बमोजिम माघ २४ गतेदेखि लागू हुने गरी लम्साल आगामी चार वर्षकालागि बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।
































