National life

मिरा सफ्टवेयरमा कर्जा व्यवस्थापन सुविधा थपियो, स्वीकृतिदेखि धितो व्यवस्थापनसम्म सबै डिजिटल

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१२ चैत २०८२, बिहिबार
1.2kShares
मिरा सफ्टवेयरमा कर्जा व्यवस्थापन सुविधा थपियो, स्वीकृतिदेखि धितो व्यवस्थापनसम्म सबै डिजिटल
ncell

काठमाडौं। नेपालको सहकारी क्षेत्रको पूर्ण रूपमा डिजिटलाइज गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको क्लाउडमा आधारित सफ्टवेयर मिरा ईआरपी (MyraERP) ले आफ्नो प्लेटफर्ममा ‘कर्जा प्रक्रिया र कागजात व्यवस्थापन’ मोड्युल थप गरेको छ। नियोसिस टेक्नोलोजीद्वारा विकास गरिएको यस प्रणालीले सहकारीहरूलाई सदस्यहरूबीच कर्जा प्रवाह गर्ने सम्पूर्ण प्रक्रियालाई डिजिटल र स्वचालित बनाउनुका साथै नियामक निकायप्रतिको उत्तरदायित्वलाई थप सरल बनाउने छ

नियोसिस टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज तिवारीका अनुसार, यो नयाँ मोड्युलले सहकारीको आन्तरिक कार्यसम्पादनमा निकै सहजता ल्याउनेछ। मिरा ईआरपीको सिंगल लगिन सिस्टमबाटै कर्जाको सम्पूर्ण प्रोसेसिङ हुने भएपछि सहकारीहरूमा विद्यमान सदस्य पहिचान (Know Your Member - KYM) सम्बन्धी समस्यालाई यसले प्रभावकारी रूपमा समाधान गर्नेछ।

फाइभ सी एनालाइसिस एवं सदस्यको कर्जा योग्यता जाँच, धितो मूल्यांकन र पुराना कारोबारको इतिहास प्रणालीले नै विश्लेषण गरिदिने हुँदा जोखिम न्यूनीकरण हुनुका साथै सदस्यसँगको वित्तीय सम्बन्ध थप पारदर्शी र मजबुत हुने अपेक्षा गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विशेष गरी नियामक निकायका मापदण्डहरू पूरा गर्न मिरा ईआरपी अहिलेको समयमा झन् शक्तिशाली बनेको छ। सहकारी विभागको कोपोमिस (COPOMIS) मा पठाउनुपर्ने विवरणहरू हुन् वा सम्पत्ति शुद्धीकरण (AMLCFT) सम्बन्धी टीटीआर (TTR) रिपोर्टहरू, मिरा ईआरपीले ती सबैलाई तोकिएको एक्सेल (Excel, XML ) फर्म्याटमा सजिलै उपलब्ध गराउँछ।

यसका साथै स्थानीय निकाय, सहकारीका संघ, महासंघ, सहकारी नियमन प्राधिकरण (NCRA) दर्ता र रिपोर्टिङका लागि आवश्यक तथ्याङ्कहरू पनि सफ्टवेयरबाटै प्राप्त गर्न सकिन्छ।हाल बचत तथा ऋणको मुख्य कारोबार गर्ने  सहकारी संस्थाहरूका लागि कर्जा सूचना केन्द्रमा अनिवार्य रिपोर्टिङ गर्नुपर्ने व्यवस्था रहेको छ।

मिरा सफ्टवेयर प्रयोग गर्ने सहकारीहरूले सो रिपोर्टिङ पनि सिधै सफ्टवेयरमार्फत गर्न सकिने गरि काम भैरहेको  कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?