National life

मुक्तिनाथ विकास बैंकको धुम्बाराही शाखा कार्यालयको समुद्घाटन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ भदौ २०८२, बुधबार
683Shares
मुक्तिनाथ विकास बैंकको धुम्बाराही शाखा कार्यालयको समुद्घाटन
ncell

काठमाडौँ मुक्तिनाथ विकास बैंकको काठमाडौं महानगरपालिका वडा – ४ धुम्बाराहीस्थित शाखा कार्यालयको समुद्घाटन गरिएको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल द्वारा कार्यालयको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा आफ्नो मन्तब्य राख्नुहुँदै पौडेलले बैंकले कृषि क्षेत्रमा गरेको लगानी र डिजिटल बैंकिङ्ग सेवाको विस्तारको प्रशंसा गदैँ जोखिम व्यवस्थापनमा पनि त्यत्तिकै चनाखो हुन सुझाव दिनु भएको छ ।

साथै, बैंकले हाल गरीरहेकै प्रगतिलाई निरन्तरता दिंदै यो शाखाबाट पनि उत्कृष्ट सेवा प्रदान गर्न शुभकामना व्यक्त गर्नु भएको थियो । समारोहमा बैंकका सञ्चालक उमेश आचार्यले स्वागत, प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको अवस्था र आगामी योजना तथा निवर्तमान अध्यक्ष तथा संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले नेपालको अर्थतन्त्र तथा वित्तीय क्षेत्रको सबलीकरणको लागि बैंक तथा नियमक निकायले अख्तियार गर्नु पर्ने रणनीतिहरुको बारेमा मन्तब्य राख्नु भएको थियो ।

Royal Enfield
nic asia capital

https://www.youtube.com/watch?v=SMKF6dgHd9c

कार्यक्रमको अध्यक्षता बैंकको सञ्चालक समितिको अध्यक्ष खिम प्रकाश मल्लले गर्नु भएको थियो । समापन तथा धन्यवाद मन्तब्य राख्दै मल्लले बैंकको सेवाको गुणस्तरमा अझै सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । नयाँ र आधुनिक भवनबाट पूर्ण वित्तीय सेवा प्रदान गर्न पाउँदा सेवाग्राहीहरुले उत्कृष्ट ग्राहक सेवाको महशुस गर्नु हुने विश्वास बैंकले लिएको छ ।

कार्यक्रममा बैंकको वर्तमान तथा पूर्व सञ्चालकहरु, संस्थापक तथा सर्वसाधारण सेयरधनीहरु, विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति, ग्राहक तथा स्थानीय नागरिकको उपस्थिति रहेको थियो । सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गरी सञ्चालनमा ल्याइएको उक्त नयाँ कार्यालय रिङ्गरोडसँग जोडिएको र पर्याप्त पार्किङ्ग सुविधा रहेकोले सबैको पहूँचमा सहजता आउने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
683SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?