काठमाडौं । नेपाल राष्ट्र बैंक (राष्ट्र बैंक) ले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै ब्याजदर करिडोरमा महत्त्वपूर्ण समायोजन गरेको छ। आर्थिक अवस्था, तरलता व्यवस्थापन र बैंकिङ प्रणालीको स्थायित्वलाई ध्यानमा राख्दै केन्द्रीय बैंकले स्थायी तरलता सुविधा दर र नीतिगत दर दुबै घटाउने निर्णय गरेको हो।
मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमा मानिने SLF दरलाई ६.०० प्रतिशतबाट ५.७५ प्रतिशतमा झारिएको छ।
त्यस्तै, नीतिगत दर ४.५०% बाट ४.२५% मा ब्याजदर करिडोरको बीचमा रहने नीतिगत दरलाई पनि ४.५० प्रतिशतबाट ४.२५ प्रतिशतमा घटाइएको छ। यो दर मौद्रिक नीतिको मुख्य संकेतक भएकाले यसमा गरिएको कटौतीले बजारमा तरलता सहजता र ब्याजदरमा क्रमशः केही दबाब घट्ने संकेत गर्दछ।
यता,तल्लो सीमा स्थायी निक्षेप सुविधा दर यथावत् राखिएको छ । ब्याजदर करिडोरको तल्लो सीमा मानिने स्थायी निक्षेप सुविधा (SDF) दर भने २.७५ प्रतिशतमै यथावत् राखिएको छ।






































