National life

राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी आन्दोलित, समस्या सम्बोधन गर्न व्यवस्थापक तयार

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|३१ जेठ २०८०, बुधबार
549Shares
राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी आन्दोलित, समस्या सम्बोधन गर्न व्यवस्थापक तयार
ncell

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरु व्यवस्थापक विरुद्ध आन्दोलित भएका छन् । कर्मचारीको वृद्धि विकास एवम् बैंकको प्रशासनिक सुधारका लागि यसअघि नै पटक पटक सम्झौता भए पनि सो कार्यान्वयनमा उदासीनता देखाएको भन्दै कर्मचारी सम्बद्ध चार वटा ट्रेड युनियनहरू बैंक सञ्चालक एवम् व्यवस्थापक विरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।

राष्ट्रिय कर्मचारी संगठन, नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल, नेपाल वित्तीय संस्था कर्मचारी संघ र राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल आन्दोलनमा होमिएका छन् । बैंक विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेका यी संगठनहरुले पहिलो चरणमा कालोपट्टी बाँधी दैनिक काम कारबाही सञ्चालन गरिरहेका छन् भने दोस्रो चरणको कार्यक्रम जेठ ३२ गते घोषणा गर्ने जनाएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यद्यपि, राष्ट्रिय कर्मचारी संगठनले भने केही समयअघि देखिनै बैंक व्यवस्थापक विरुद्ध आन्दोलन छेड्दै आएको छ ।यस बिचमा उनीहरूले सिइओ कार्यालय घेराउ सम्मका कार्यक्रम गरिसकेका छन्।

विगत लामो समय देखि पेसागत हक हित र संस्थाको सम्वर्द्धनमा युनियनहरू र बैंक व्यवस्थापनबिच संवादबाट समस्याको निराकरण हुँदै आए पनि पछिल्लो समय व्यवस्थापक कर्मचारीको जायज मागहरूमा निर्मम भएर अघि बढिरहेको उनीहरूको आरोप छ ।

बैङ्कमा क्रियाशील ट्रेड युनियन र बैंक व्यवस्थापनबिच २०७२ मंसिर १८ गते व्यवस्थापकीय सुधारको सम्बन्धमा १९ बुँदे, प्रशासनिक सुधारको सम्बन्धमा १६ बुँदे, कर्मचारी सेवा विनियममावली सुधारको सम्बन्धमा ११ बुँदे र आर्थिक विषयमा २७ बुँदे गरी कूल ७३ बुँदे माग दाबीमा कर्मचारी र बैंक व्यवस्थापकबिच सहमति भएको थियो । तर, सम्झौताको ८ वर्ष बितिसक्दा समेत सो कार्यान्वयन नगरेपछि बाध्य भएर आन्दोलनमा होमिन परेको आन्दोलित कर्मचारी लक्ष्मीप्रसाद पाण्डेले आर्थिक भ्वाईसलाई बताए ।

‘हामीले बैंक व्यवस्थापकसँग पटक पटक राखेको जायज माग पनि बेवास्ता हुने काम भयो, मागको कुनै सुुनुवाई नै भएन । पटक पटक गरी राखिएका ७३ बुँदे माग कार्यान्वयन नभएपछि दबाब स्वरूप आन्दोलनमा नै उभिन परेको हो’ पाण्डेले भने, ‘तर हामीले बैंकको काममा कुनै अवरोध पुु¥याएका छैनौं ।’

खास गरी कर्मचारी ट्रेड युनियनहरूले लामो समयसम्म वार्ता भई सहमति भएका विषयहरू करार, पारिश्रमिक, ज्यालादारी, स्थायी कर्मचारीको आर्थिक सेवा सुविधा वृद्धि, व्यवस्थापकीय एवम् प्रशासनिक सुधार र कर्मचारी सेवा विनियमावलीको विषय कार्यान्वयन गर्न बैंक व्यवस्थापन उदासीन भएको उनीहरूको आरोप छ ।

कर्मचारीका मागहरू पुरा गर्नका लागि व्यवस्थापनले पहल गरिरहेको बैंकको डेपुटी सिइओ सरस्वती अधिकारीले बताइन्। ‘बैंकले गर्ने प्रशासनिक सुधारका कामहरु भइरहेको छ। कर्मचारी सेवा विनियममावली लगायत आर्थिक विषयसँग सम्बन्धित मागहरू कार्यान्वयन गर्नका लागि सम्बन्धित निकायसँग पहल गरिरहेको छौ।’ डेपुटी सिइओ अधिकारीले भनिन्।

यस्तो छ कर्मचारी ट्रेड युनियनहरूको माग:

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2023/06/rbbea20230518170531.pdf"]

यो समाचार शेयर गर्नुहोस्
549SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?