National life

राष्ट्र बैंकले सुरु गर्यो ‘प्रणालीगत महत्त्वपूर्ण बैंक’ छनोट प्रक्रिया, नयाँ फ्रेमवर्क २०२५ लागू

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०९ मंसिर २०८२, मङ्गलबार
505Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रणालीगत महत्त्वपूर्ण बैंक पहिचान गर्न औपचारिक रूपमा छनोट प्रक्रिया सुरु गरेको छ। यसका लागि आवश्यक मापदण्ड समेटिएको ‘प्रणालीगत महत्त्वपूर्ण बैंकहरूको फ्रेमवर्क–२०२५’ लागू गर्दै बैंकहरूको मूल्यांकन प्रक्रिया अघि बढाइएको हो।

राष्ट्र बैंकका अनुसार सन् २००८ को विश्व वित्तीय संकटबाट प्राप्त अनुभव तथा बासेल कमिटी अन बैंकिङ सुपरभिजनले सिफारिस गरेका अन्तर्राष्ट्रिय राम्रो अभ्यास अनुरूप फ्रेमवर्क तयार गरिएको छ।

फ्रेमवर्क कार्यान्वयनसँगै बैंकहरूको आकार, आपसी अन्तरसम्बन्ध, जटिलता, प्रतिस्थापन कठिनाइजस्ता सूचकांकका आधारमा छनोट गरिनेछ।

ncell
Royal Enfield
यस्तो फ्रेमवर्कले कुनै पनि बैंक ‘टु बिग टु फेल’ नबनोस् र प्रणालीगत जोखिम व्यवस्थापन प्रभावकारी होस् भन्ने उद्देश्य राखेको राष्ट्र बैंकले स्पष्ट पारेको छ।

राष्ट्र बैंकका अनुसार चयनित प्रणालीगत महत्त्वपूर्ण बैंकहरूले उच्च पुँजी सुरक्षा, कडा जोखिम व्यवस्थापन, थप नियमन निगरानीलगायत विशिष्ट मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।

नेपाल राष्ट्र बैंकले प्रणालीगत महत्त्वपूर्ण बैंक पहिचान गर्न औपचारिक रूपमा छनोट प्रक्रिया सुरु गरेको छ। यसका लागि आवश्यक मापदण्ड समेटिएको ‘प्रणालीगत महत्त्वपूर्ण बैंकहरूको फ्रेमवर्क–२०२५’ लागू गर्दै बैंकहरूको मूल्यांकन प्रक्रिया अघि बढाइएको हो।

राष्ट्र बैंकका अनुसार सन् २००८ को विश्व वित्तीय संकटबाट प्राप्त अनुभव तथा बासेल कमिटी अन बैंकिङ सुपरभिजनले सिफारिस गरेका अन्तर्राष्ट्रिय राम्रो अभ्यास अनुरूप फ्रेमवर्क तयार गरिएको छ। फ्रेमवर्क कार्यान्वयनसँगै बैंकहरूको आकार, आपसी अन्तरसम्बन्ध, जटिलता, प्रतिस्थापन कठिनाइजस्ता सूचकांकका आधारमा SIBs छनोट गरिनेछ।

यस्तो फ्रेमवर्कले कुनै पनि बैंक ‘टु बिग टु फेल’ नबनोस् र प्रणालीगत जोखिम व्यवस्थापन प्रभावकारी होस् भन्ने उद्देश्य राखेको राष्ट्र बैंकले स्पष्ट पारेको छ। राष्ट्र बैंकका अनुसार चयनित प्रणालीगत महत्त्वपूर्ण बैंकहरूले उच्च पुँजी सुरक्षा, कडा जोखिम व्यवस्थापन, थप नियमन निगरानीलगायत विशिष्ट मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
505SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?