National life

लक्ष्मी सनराइज बैंकले दशैँ बिदामा पनि सेवा दिने, कुन–कुन शाखा रहन्छन् खुल्ला?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ असोज २०८१, बुधबार
1.5kShares
लक्ष्मी सनराइज बैंकले दशैँ बिदामा पनि सेवा दिने, कुन–कुन शाखा रहन्छन् खुल्ला?
ncell

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्ना केही शाखाहरु दशैँको बिदाको दिन पनि खुला राख्ने जनाएको छ ।

बैंकले दशैंको वेलामा खुल्ला रहने शाखा कार्यालयको सूची सार्वजनिक गर्दै असोज २४ गते फुलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी र असोज २८ गते द्धादशीका दिन पनि सेवा दिने जनाएको हो ।

बैंकका अनुसार कोशी प्रदेशमा असोज २४ गते इटहरी, विराटनगर (हनुमान दास रोड), दुहवी, विर्तामोड, सुरुङ्गा, असोज २५ गते विराटनगर (हनुमान दास रोड), धरान, दमक, असोज २७ गते इनरुवा, काकरभिट्टा, असोज २८ गते विराटनगर र भुम्का शाखाबाट सेवा दिने बैंकले जनाएको छ ।

मधेश प्रदेशका वीरगंज (आदर्शनगर), जनकपुर (भानु चोक), वीरगंज (लिङ्ग रोड), लहान शाखाबाट सेवा दिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तै बागमती प्रदेशमा (उपत्यका भित्र) हात्तीसार, गैह्रीधारा, भक्तपुर (सुकुलढोका), पुल्चोक सामाखुशी, कालिमाटी, सुकेधारा, तिनकुने, पुरानो बानेश्वर, खुशिबु, भक्तपुर (सल्लाघारी), बौद्ध र उपत्यका बाहिर नारायणघाट (लायन्स चोक) शाखाबाट सेवा दिनेछ ।

यस्तै गण्डकी प्रदेशमा पोखरा न्यूरोड, औद्योगिक क्षेत्र, दमौली, पोखरा (अमरसिंह), रजहर पोखरा (चिप्लेढुङ्गा), सुन्दरबजार, वालिङ र बाग्लुङ शाखा, लुम्बिनी प्रदेशमा कोहलपुर, सुनवल, भैरहवा, रामपुर, नेपालगंज (कारकाँदो चोक, तौलीहवा, घोराही, तुल्सीपुर, बुटवल (मिलन चोक) शाखाबाट सेवा दिने बैंकको भनाइ छ ।

कर्णाली प्रदेशमा मुसिकोट, विरेन्द्रनगर, श्रीनगर, छिञ्चु शाखा र सुदूरपश्चिम प्रदेशका महेन्द्रनगर, धनगढी (एलएन चोक), सुख्खड, धनगढी (शहिदगेट) शाखाबाट सेवा दिने बैंकले बताएको छ । यसदिन बैंकले बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्म बैंकिङ सेवा दिने जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?