National life

लक्ष्मी सनराइज बैंक र कालिञ्चोक दर्शनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२९ मंसिर २०८२, सोमबार
1.1kShares
लक्ष्मी सनराइज बैंक र कालिञ्चोक दर्शनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
ncell

काठमाडौं । आज (मंसिर २९ गते) दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यस दिन लक्ष्मी सनराइज बैंक र कालिञ्चोक दर्शनको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीले मंगलबार अर्थात पुस १ गते बुकक्लोज गर्दैछन् । जसअनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी दुई कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लक्ष्मी सनराइज बैंकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । सभा प्रयोजनको लागि पुस १४ गते साधारण सभा बोलाएको छ।

त्यस्तै, कालिञ्चोक दर्शनले पनि लाभांश वितरण प्रयोजनको लागि पुस १५ गते सभा बोलाएको छ। सो सभा दिउँसो साढे ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पुँजीबाट ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?