National life

लघुवित्तले लिने सेवा शुल्कमा सीमा तोकियो

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२० असार २०८०, बुधबार
850Shares
लघुवित्तले लिने सेवा शुल्कमा सीमा तोकियो
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले लिने सेवा शुल्कमा सीमा तोकेको छ। राष्ट्र बैंकले लघुवित्त संस्थाले बचत तथा निक्षेप खाता सञ्चालन गरेबापत कुनै पनि किसिमको शुल्न लिन नपाउने व्यवस्था गरेको हो ।

त्यस्तै, कर्जा प्रवाह गर्दा लघुवित्त संस्थाले १.५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ।एक वर्षभन्दा कम अवधिको कर्जा प्रवाह गरेमा वार्षिक १.५ प्रतिशतमा नबढ्ने गरी कर्जा अवधिका आधारमा दामासाहीले मात्र सेवा शुल्क लिन सक्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लघुवित्त संस्थाले यसबाहेक अन्य कुनै शुल्क मागेमा वा लिएमा सम्बन्धित संस्थाको गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता गर्न राष्ट्र बैंकले जनाकारी गराएको छ। उक्त संस्थाबाट गुनासो सुनुवाइ नभएमा राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
850SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?