National life

वित्तीय ठगीबाट बच्न अनलाइन कारोबार गर्दा सजगता अपनाउनुहोसः राष्ट्र बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ असोज २०८१, मङ्गलबार
699Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा सुरक्षा तथा सजगता अपनाउन आग्रह गरेको छ ।

वित्तीय चेतनाका निम्ति सन्देश जारी गर्दै राष्ट्र बैंकले अपरिचित स्रोतबाट आएका कुनै पनि सन्देशलाई बेवास्ता गर्न अनुरोध गरेको छ ।

पछिल्लो समयमा अनलाइन बैंकिङको विकाससँगै ठगीका नयाँनयाँ स्वरुपहरु समेत बढिरहेको सन्दर्भमा वित्तीय कारोबार गर्दा सावधानी अपनाउन अत्यावश्यक रहेको राष्ट्र बैंकको भनाई छ ।

अपरिचित व्यक्ति वा नम्बरबाट ह्वाट्सएप, भाइबर, मेसेन्जर जस्ता मोबाइल एप वा इमेल, फोन तथा मोबाइलको म्यासेजमा विभिन्न किसिमका चिठ्ठा परेको, धन सम्पत्ति वा सुन, महंगो मोबाइलजस्ता पुरस्कार जितेको सन्देसहरु वित्तीय ठगीका लागि पठाइएका सन्देशहरु हुनसक्ने छन् ।

ncell
Royal Enfield

त्यस्तै विदेशबाट पार्सल आएको, पैसा पठाए दोब्बर फिर्ता पाइने, विदेशबाट एपमा पैसा आइसकेको छोटो समयमै धेरै फाइदा हुने योजनाहरु जस्तै क्रिप्टोकरेन्सी,फोरेक्स आदिमा लगानी गर्ने वा अनलाइन बेटिङजस्ता योजनाहरु उपलब्ध रहेको जस्ता सन्देशहरु तथा भिडियोहरु प्राप्त भएमा सजग रहन राष्ट्र बैंकले अनुरोध गरेको छ ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
699SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?