National life

“विश्व नैतिकता दिवस” को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्धारा प्रतिज्ञा

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२९ असोज २०८२, बुधबार
1.2kShares
“विश्व नैतिकता दिवस” को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्धारा प्रतिज्ञा
ncell

काठमाडौं । “विश्व नैतिकता दिवस” को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले आफ्नो दैनिक कार्यमा इमानदारी, पारदर्शिता र उच्च नैतिक मापदण्ड पालन गर्ने प्रतिज्ञा गरेका छन्।

बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले काठमाडौंस्थित प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सम्पूर्ण कर्मचारीलाई प्रतिज्ञा  गराएका हुन् । कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख अनुपालन अधिकृत विष्णुदेव यादव, सहायक महाप्रबन्धक अर्जुन नेपाल लगायत अन्य वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

साथै, बैंकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीहरूले समेत आ–आफ्ना कार्यालयहरूमा प्रतिज्ञा गरेका छन्।नेपाल एसबिआई बैंक लिमिटेडले विगत ३२ वर्षदेखि नेपालमा बैकिङ सेवा प्रदान गर्दै आएको छ।

Royal Enfield
nic asia capital
बैंकसँग हाल १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?