काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले सरकारका विरुद्धमा दर्ता गरेको रिट आज हेर्न नभ्याइनेमा परेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा १६ वटा बैंक तथा वित्तीय संस्थाहरुले सरकारका विरुद्धमा दर्ता गरेको रिट आज हेर्न नभ्याइनेमा परेको हाे ।
मर्जर एक्वीजिशनमा निर्धारण गरिएको कर खारेजीको मागसहित १६ वटा बैंक तथा वित्तीय संस्थाहरुले सरकारका विरुद्धमा रिट दर्ता गरेका थिए ।
सर्वोच्च अदालतको फूल बेन्चमा पेश गरिएको रिटहरु च र छ नम्वरमा परेका थिए ।
न्यायाधिशहरु विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलाशमा परेको थियो ।
आजको उक्त इजलाशमा काठमाडौंको चन्द्रागिरी नगरपालिकाका विरुद्धमा महादेवस्थान खानेपानी मातातिर्थले दायर गरेको रिटमा बढि समय लागेकोले हेर्न नभ्याइनेमा परेको हो ।
उक्त रिटमाथि अब अर्को पेशी तोकेर सुनुवाई हुनसक्नेछ ।
थप याे पनि पढ्नुहाेस् :
https://aarthikvoice.com/archives/13726






































