National life
cg eloctronics

तीन महिनामै बैंकमा थपियो २ खर्ब ३२ अर्ब निक्षेप

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ दिन अगाडि|०८ मंसिर २०८३, मङ्गलबार
1.6kShares
तीन महिनामै बैंकमा थपियो २ खर्ब ३२ अर्ब निक्षेप
muktinatha bikash bank

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन बढ्दै गएको छ । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप २ खर्ब ३२ अर्ब ८९ करोड रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्म कुल निक्षेप ८५ खर्ब ९ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप २ खर्ब ३२ अर्ब ८९ करोड रुपैयाँले बढेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निक्षेप ३ प्रतिशत अर्थात् २ खर्ब १८ अर्ब ७२ करोड रुपैयाँले बढेको थियो । वार्षिक विन्दुगत आधारमा भने असोज मसान्तसम्म निक्षेप १३.७ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

everest bank

कुल निक्षेपमा बचत निक्षेपको हिस्सा सबैभन्दा धेरै रहेको छ । असोज मसान्तसम्म चल्ती निक्षेपको हिस्सा ७.६ प्रतिशत, बचत निक्षेपको ४९.३ प्रतिशत र मुद्दती निक्षेपको हिस्सा ३४ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चल्ती निक्षेपको हिस्सा ६.५ प्रतिशत, बचत निक्षेपको ३८.७ प्रतिशत र मुद्दती निक्षेपको हिस्सा ४६.४ प्रतिशत थियो । यसअनुसार कुल निक्षेपमा बचतको हिस्सा बढ्दा मुद्दती निक्षेपको हिस्सा घटेको देखिन्छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको हिस्सा पनि घटेको छ । २०८३ असोज मसान्तसम्म संस्थागत निक्षेपको हिस्सा ३२.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो हिस्सा ३५.३ प्रतिशत थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?