National life

सरकारको चालु खाता १ खर्ब ३० अर्ब बढ्यो, शोधनान्तर स्थिति १ खर्ब ५३ अर्बमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|३० कात्तिक २०८२, आइतबार
1.1kShares
सरकारको चालु खाता १ खर्ब ३० अर्ब बढ्यो, शोधनान्तर स्थिति १ खर्ब ५३ अर्बमा
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, सरकारको चालु खाता चालु आर्थिक वर्षको तीन महिनामा १ खर्ब ३० अर्ब ६९ करोड रूपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५४ अर्ब ४१ करोड रूपैयाँले मात्र बचतमा थियो।

अमेरिकी डलरमा चालु खाता समीक्षा अवधिमा ९३ करोडले बचतमा रहेको छ, जसको तुलनामा अघिल्लो वर्ष ४१ करोड डलरले बचतमा थियो। समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब २० करोड रुपैयाँ रहेको छ, जबकि अघिल्लो वर्ष १ अर्ब २० करोड रुपैयाँ थियो।

Royal Enfield
nic asia capital

त्यसैगरी, समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो रकम २ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो।

शोधनान्तर स्थिति पनि बढ्दो ट्रेन्डमा छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा शोधनान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोड रूपैयाँ बचतमा रहेको छ, जबकि अघिल्लो वर्ष १०१ अर्ब ७७ करोड रूपैयाँ मात्रै थियो। अमेरिकी डलरमा यो बचत १ अर्ब १० करोड डलर रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?