काठमाडौं । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ ।
१० दशमलव ५० प्रतिशत बोनस शेयर वितरणका लागि बैंकको शेयर मूल्य समायोजन भएको हो ।मूल्य समायोजनसँगै बैंकको शेयर मूल्य प्रतिकित्ता ३५२ रुपैयाँ ९४ पैसा कायम भएको छ ।
यसअघि बैंकको शेयर प्रतिकित्ता ३९० रुपैयाँमा कारोबार भएको थियो ।
अबको बजारमा साइन रेसुङ्गा बैंकको पहिलो कारोबार प्रतिकित्ता ३५२ रुपैयाँलाई आधार मानेर हुने छ ।


































