काठमाडौँ। नेप्सेमा सूचीकृत कुथेली बुखरी स्मल हाइड्रो सहित ४ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ।
यी कम्पनीले आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस सेयरका लागि नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । नेप्सेमा कुथेली बुखरी स्मल हाइड्रो, आरएसडिसी लघुवित्त,माउन्टेन इनर्जी,र मिथिला लघुवित्तको शेयर मूल्य समायोजन भएको हो।
कुथेली बुखरी स्मल हाइड्रोपावरले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि शेयर मूल्य समायोजन भएको छ।
त्यस्तै आरएसडिसी लघुवित्तको ९.५० प्रतिशत बोनस सेयरका लागि शेयर मूल्य समायोजन भएको छ। समायोजनपश्चात् कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६७३.०६ रुपैयाँ कायम भएको छ।
माउन्टेन इनर्जी नेपालको १५ प्रतिशत र मिथिला लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरका लागि क्रमशः६३३.२२ रुपैयाँ र १ हजार ५०७.२२ रुपैयाँ कायम भएको छ । अर्को कारोबारदेखि नयाँ समायोजित मूल्य अनुसार यी कम्पनीको शेयर मूल्य कारोबारमा आउने भएको छ ।


































