National life

सानिमा बैंकको ३ लाख ३९ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२८ असोज २०८२, मङ्गलबार
1.2kShares
सानिमा बैंकको ३ लाख ३९ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरूको नाममा रहेका ३ लाख ३९ हजार ४८४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

बैंकका अनुसार, उक्त शेयर प्रतिकित्ता न्यूनतम १४५ रुपैयाँमा बिक्रीका लागि खुला गरिएको छ। इच्छुक बैंकका संस्थापक शेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी, संघ–संस्था लगायत सबैले यस शेयर किन्न सक्नेछन्।

यसअघि बैंकले सो शेयर आफ्ना विद्यमान संस्थापक शेयरधनीका लागि मात्र बिक्री खुला गरेको थियो।

Royal Enfield
nic asia capital
तर, सो अवधिमा कुनै आवेदन नपरेपछि बैंकले पुनः सबैका लागि खरिदको अवसर खुला गरेको जनाएको छ।

बैंकले जानकारी दिएको अनुसार, इच्छुक लगानीकर्ताले आगामी १५ दिनभित्र काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित आफूले किन्न चाहेको शेयर संख्या र मूल्य उल्लेख गरी आवेदन दिनुपर्नेछ।

शेयर खरिदका लागि आवेदन दिन कम्तीमा ५० हजार कित्ता शेयरका लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?