National life

सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ असोज २०८०, सोमबार
589Shares
सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त
ncell

काठमाडौं । सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त भएका छन् । कोष सञ्चालक समितिले अधिकारीलाई सोमबार कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हुमबहादुर केसीको संयोजकत्वमा गठित उपसमितिले कार्यकारी निर्देशकका लागि अधिकारीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । उपसमितिमा नेपाल उद्योग परिसंघका तर्फबाट गोकुल भण्डारी र ट्रेड युनियन प्रतिनिधि सुनिता थापा सदस्य थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उपसमितिले अधिकारीसहित, लीलाराज ढकाल र अशोक पौडेललाई कार्यकारी निर्देशकका लागि सिफारिस गरेको थियो । उपसमितिबाट सिफारिस भएका तीन जना मध्येबाट अनुभव, उनीहरुले पेस गरेको व्यावसायिक कार्ययोजना र नेतृत्व गर्ने क्षमता समेतलाई मूल्यांकन गरी सञ्चालक समितिले अधिकारीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

अधिकारी राष्ट्रिय वाणिज्य बैंकको पूर्व नायव प्रमुख कार्यकारी अधिकृत हुन् । उनीसँग तीन दशक बढी बैंकिङ अनुभव छ । सीए समेत रहेका उनको कार्यकाल ४ वर्षको रहनेछ ।कोषको तत्कालीन कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीको कार्यकाल साउन १४ मा सकिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
589SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?