National life

सिटिजन्स बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० असोज २०८२, शुक्रबार
1.1kShares
सिटिजन्स बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?
ncell

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

असोज १० गते बसेको बैंकको ४९१औं सञ्चालक समितिको बैठकले सो लाभांश प्रस्ताव गरेको हो। प्रस्तावअनुसार २०८२ आषाढ मसान्तसम्मको चुक्ता पूँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार ९६६ रुपैयाँको आधारमा ५ प्रतिशत बराबरको ७३ करोड ८४ लाख ५० हजार ६४८ रुपैयाँ बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत बराबरको ३ करोड ८८ लाख ६५ हजार ८२३ रुपैयाँ नगद लाभांश वितरण गरिनेछ।

Royal Enfield
nic asia capital
यसरी बैंकले कुल ७७ करोड ७३ लाख १६ हजार ४७१ रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको छ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी १९औं वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीहरूमा वितरण गरिने बैंकले जनाएको छ। विगत १९ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंकले आर्थिक वर्ष २०६५/६६ देखि नै शेयरधनीहरूलाई निरन्तर लाभांश वितरण गर्दै आएको छ। सो अवधिमा बैंकको औसत लाभांश दर ११.८७ प्रतिशत रहेको छ भने प्रस्तावित लाभांशसहित पछिल्ला १० वर्षको औसत लाभांश दर १०.५२ प्रतिशत पुगेको छ।

हालै ‘बैंक अफ द ईयर २०२४’ उपाधि प्राप्त गरेको सिटिजन्स बैंकले नवप्रवर्तनात्मक सेवा विस्तार गर्दै आएको छ। बैंकले फोनपेसँग सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ। त्यस्तै, फ्रिलान्सरलाई लक्षित ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’, मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र राशी नम्बर सेवा लिन सकिने सुविधा, क्रस–बैंक टेलर सुविधा लगायतका नयाँ सेवा सुरु गरेको छ।

सिटिजन्स बैंकले हालसम्म देशभरका ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखा रहित बैंकिङ इकाइमार्फत करिब १९ लाख ३७ हजार ग्राहकलाई सेवा दिँदै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?