National life

सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, ३०० जना लाभान्वित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ चैत २०८०, सोमबार
544Shares
सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, ३०० जना लाभान्वित
ncell

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। बैंकले आउँदै गरेको १७ औं वार्षिकोत्सवलाई मध्यनजर गर्दैे चैत्र १७ गते शनिबार निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरेको हो ।

बैशाख १७ औं वार्षिकोत्सव आगामी वैशाख ७ गते आयोजना हुँदैछ । बैंकले गण्डकी प्रदेश अन्तर्गत बेनीशाखा र कर्णाली प्रदेश अन्तर्गत सुर्खेत शाखाको सक्रियतामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

Royal Enfield
nic asia capital

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले गण्डकी प्रदेश बेनी नगरपालिका वडा नं ६ अर्थुङेमा स्थानिय बेनी सञ्जिविनी हेल्थ क्लिनिक सँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परिक्षणका साथै निःशुल्क औषधी वितरण गरको छ ।

यसैगरी कर्णाली प्रदेशको सुर्खेत जिल्ला, बराहताल गिरीघाटमा स्थानिय जिपि मेमोरियल नर्सिङहोम सँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविरहरुमा करिब ३०० जनाभन्दा बढीले सेवा प्राप्त गरेका थिए ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
544SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?