National life

सिद्धार्थ बैंककाे ग्लाेबल मनि विक २०२६ सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|११ चैत २०८२, बुधबार
1.1kShares
सिद्धार्थ बैंककाे ग्लाेबल मनि विक २०२६ सम्पन्न
ncell

काठमाडौं - सिद्धार्थ बैंकद्वारा ग्लाेबल मनि विक-२०२६ (Global Money Week 2026)मा विभिन्न कार्यक्रमहरु सम्पन्न भएकाे छ । सिद्धार्थ बैंक लिमिटेडले विद्यार्र्थीहरूलाई वित्तीय रूपमा सक्षम र सचेत बनाउने उद्देश्य राख्दै २०२६ मार्च १६ देखि २२ सम्म मनाइएको ग्लाेबल मनि विकको अवसरमा सप्ताहभर विविध कार्यक्रमहरू आयोजना गरी सम्पन्न गरेको हाे ।

यस वर्षको ग्लोबल मनी विक २०२६ को नारा “Smart Money Talks” लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले देशका सातै प्रदेशमा विद्यालय एवं क्याम्पस गरी ३८ स्थानहरुमा विद्यार्र्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराई विद्यार्र्थीहरुमा वित्तिय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहारमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रममा २,१७१ जना विद्यार्र्थीहरुको सहभागीता रहेको थियो ।

साथै, विद्यार्थीहरुलाई बैंकको आधारभूत बैकिङ सञ्चालन र विभिन्न बैंकिङ माध्यमहरु सम्बन्धी व्यवहारिक रुपमा शिक्षा प्रदान गर्ने उद्देश्यले ४७८ जना विद्यार्थीहरुलाई बैंकका विभिन्न शाखाहरुमा भ्रमण कार्यक्रम पनि आयोजना गरिएको थियो । यसरी “न्यिदब िःयलभथ ध्भभप द्दण्द्दट” मा बैंकले कुल ५१ वटा कार्यक्रमहरु मार्फत २,६४९ विद्यार्थीहरुलाई वित्तीय शिक्षा प्रदान गरेको छ ।

देशका सबै वर्ग, क्षेत्र र समुदायसम्म वित्तीय सेवाको पहुँच विस्तार गरी सर्वसाधारणलाई वित्तीय रूपमा सक्षम बनाउने उद्देश्यका साथ बैंकले उक्त कार्यक्रमहरू सञ्चालन गर्नुका साथै सप्ताहभरि दैनिक रूपमा सामाजिक सञ्जालमार्फत जानकारीमूलक सामग्रीहरु समेत प्रकाशन गरेको थियो ।

वित्तीय सचेतनाको आवश्यकता र महत्वबारे जनचेतना अभिवृद्धि गर्ने प्रयास स्वरुप बैंकद्वारा गरिएको कार्यक्रमहरुबाट “Global Money Week” का मूल उद्देश्यहरू हासिल गर्न सकारात्मक योगदान पुगेको छ भन्ने बैंकले विश्वास लिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?