National life

हिमालयन बैंकको दुईवटा नयाँ शाखा सञ्चालनमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ असार २०८१, आइतबार
619Shares
हिमालयन बैंकको दुईवटा नयाँ शाखा सञ्चालनमा
ncell

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सिभिल बंैकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये त्रिपुरेश्वर शाखा र नारायणगढ शाखालाई स्थानान्तरण गरी नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले काठमाण्डौ महानगरपालिका–११, थापाथलीबाट आज मिति २०८१ साल आषाढ २ गते देखि थापाथली शाखाको नामबाट सम्पूर्ण बंैकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले बंैकका अन्य कर्मचारीहरुको उपस्थितिमा गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी, बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका वडा नं १ मेन रोड नारायणगढबाट आजदेखि मेन रोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बंैकिङ सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ वटा एटीएम, ६ हजार ५०० भन्दा बढी पीओएस टर्मिनल र १७ हजार ००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट विभिन्न बंैकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
619SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?