काठमाडौँ। नेपाल राष्ट्र बैंकले १६ अर्ब ४ करोड रुपैयाँ बढीको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ। केन्द्रीय बैंक यसअघि ट्रेजरी बिलमार्फत उठाएको १४ अर्ब ४ करोड ५० लाख रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको हो।
राष्ट्र बैंकले मंसिर १९ गते जारी हुने ९१ दिने र १८२ दिने ट्रेजरी बिल नवीकरण गर्ने जनाएको छ। ९१ दिनका लागि ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ र १८२ दिनका लागि १० अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ।
यी ट्रेजरी बिलको परिपक्व मिति क्रमशः फागुन २२ गते र २०८१ जेठ २२ गते रहेको छ। यी ट्रेजरी बिलको सोमवार दिउँसो २ बजे बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।
ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

































