National life

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१५ माघ २०८२, बिहिबार
1.1kShares
ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट
ncell

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एप मार्फत आईपीओ भर्ने सुविधा उपलब्ध गराएको छ।

अब बैंकका मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले कुनै पनि आईपीओ आवेदन प्रक्रिया ग्लोबल स्मार्ट प्लस एपबाटै सजिलै सम्पन्न गर्न सक्नेछन्।

ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरूले आईपीओ म्यानेजमेण्ट सेक्सनमा गई आफ्नो डिम्याट नम्बर प्रविष्ट गरेपछि, ग्राहकलाई तुरुन्तै सिआरएन नम्बर प्राप्त हुनेछ। त्यसपछि, ग्राहकहरूले आईपीओहरू खुला हुने समयमा एपमार्फतै आवेदन दिन सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरूलाई यस एपको माध्यमबाट कुनै पनि कम्पनीको आईपीओ खुल्ला हुनेबारे जानकारी पनि प्राप्त हुनेछ। यस सेवाले ग्राहकलाई आईपीओ आवेदन प्रक्रियामा अन्य माध्यम प्रयोग गर्न नपर्ने तथा अत्यधिक सहजता र समयको बचत गर्ने सुविधा उपलब्ध गराएको छ।

एपमा लाइभ मार्केट सुविधा

ग्लोबल स्मार्ट प्लस एपमा अब लाइभ मार्केट सुविधा उपलब्ध गराइएको छ, जसले ग्राहकलाई सेकेन्डरी बजारमा भएको सबै कारोबारको रियल टाइम अपडेट प्रदान गर्नेछ।

यस सुविधामा ग्राहकहरूले नेप्से कारोबारको सारांश, टप गेनर, टप टर्नओभर, वाचलिस्ट, क्यालकुलेटर, स्टक कम्प्यारिजन, ब्रोकर लिस्ट लगायतका विभिन्न लगानीका अवसरहरूको जानकारी प्राप्त गर्न सक्नेछन्।

लाइभ मार्केट सुविधा मार्फत ग्राहकहरूले दोस्रो बजारको सम्पूर्ण जानकारी पाउनेछन् र यसले व्यक्तिगत शेयर लगानी ट्र्याक गर्ने अवसर प्रदान गर्दछ। ग्राहकहरूले खरिद मूल्य र कित्ता संख्या प्रविष्ट गरेर आफ्नो सेयरको मूल्य र नाफा र घाटा रियल टाइममा ट्र्याक गर्न सक्छन्। क्यालकुलेटरको प्रयोगले शेयर किन्ने वा बेच्ने निर्णयमा सही हिसाब किताब गर्न मद्दत पुर्याउँछ, जसले लगानीको योजना बनाउँदा सहयोगी बन्नेछ ।

वाचलिस्ट सुविधाले लगानीकर्ताहरूलाई आफ्नो रोजाईका सेयरहरूको सूची बनाउने अवसर दिन्छ, जसको माध्यमबाट उनीहरू आफ्नो लगानी निर्णय अघि मूल्य परिवर्तन र बजारको ट्रेन्ड निगरानी गर्न सक्छन्। स्टक कम्प्यारिजन सुविधाले ग्राहकलाई शेयरका मूल्य ट्रेन्ड र अन्य सूचकांङ्कहरूको आधारमा तुलनात्मक विश्लेषण प्रस्तुत गर्दछ, जसले लगानी निर्णयमा थप सन्दर्भ प्रदान गर्दछ।

यससँगै, ग्लोबल स्मार्ट प्लस एप प्रयोगकर्ताहरूलाई दोस्रो बजारको सम्पूर्ण जानकारी प्राप्त गर्ने अवसर प्राप्त भएको छ, जसले उनलाई स्मार्टफोन प्रयोग गरेर सेयर बजारको गतिविधिहरू ट्र्याक र विश्लेषण गर्नका लागि सुविधाजनक र डिजिटल माध्यम उपलब्ध गराउँछ।

बैंकले यस नयाँ सुविधा सुरुवात गर्नका लागि ग्राहकलाई सहज र सुरक्षित डिजिटल बैंकिङ अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ। ग्लोबल स्मार्ट प्लस एपले डिजिटल वित्तीय सेवाहरूमा नयाँ आयाम थप्दै, नेपालमा आधुनिक वित्तीय समावेशीकरणको दिशा तय गर्दैछ।

ग्लोबल आइएमई बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?