National life
cg eloctronics

लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच एसएमईलाई डिजिटल कर्जा सुविधा उपलब्ध गराउन सहकार्य

आइएमएस सफ्टवेयरमा आबद्ध तथा आवश्यक मापदण्ड पूरा गरेका व्यवसायहरू यस योजनाका लागि योग्य हुनेछन्

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
५ महिना अगाडि|२८ जेठ २०८३, बिहिबार
1KShares
लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच एसएमईलाई डिजिटल कर्जा सुविधा उपलब्ध गराउन सहकार्य
muktinatha bikash bank

काठमाडौं । लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयर प्रा. लि. (प्राविधिक सेवा प्रदायक - TSP) बीच नेपालका साना तथा मझौला उद्यम (SMEs) लाई डिजिटल माध्यमबाट सहज कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले सहकार्य भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

नेपाल राष्ट्र बैंकको डिजिटल लेन्डिङ मार्गदर्शन (Digital Lending Guideline) अनुसार, लक्ष्मी सनराइज बैंकका एसएमई ग्राहकहरूले छिट्टै डिजिटल प्रक्रियामार्फत कर्जाका लागि आवेदन दिन तथा स्वीकृति प्राप्त गर्न सक्नेछन्। यस सुविधाको लाभ लिन उद्यमहरूले आफ्नो व्यवसायमा इन्टरप्राइज रिसोर्स प्लानिङ (ERP) प्रणाली प्रयोग गरेको हुनुपर्नेछ। साथै, आइएमएस सफ्टवेयरमा आबद्ध तथा आवश्यक मापदण्ड पूरा गरेका व्यवसायहरू यस योजनाका लागि योग्य हुनेछन्।

यस सहकार्यअन्तर्गत आइएमएस सफ्टवेयरले प्राविधिक सेवा प्रदायक (TSP) का रूपमा डिजिटल लेन्डिङ प्लेटफर्म उपलब्ध गराउनेछ, जसमार्फत योग्य उद्यमहरूले आफ्नो ERP प्रणालीमा उपलब्ध व्यावसायिक तथ्यांकका आधारमा डिजिटल माध्यमबाट कर्जा आवेदन तथा प्रक्रिया पूरा गर्न सक्नेछन्। यसले कर्जा प्राप्तिको प्रक्रिया थप सरल, छरितो र पारदर्शी बनाउनुका साथै व्यवसायहरूलाई आवश्यक वित्तीय स्रोतमा सहज पहुँच दिलाउने अपेक्षा गरिएको छ।

everest bank

बैंकका अनुसार यो पहलले SME क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न सहयोग पुर्‍याउनुका साथै व्यवसायहरूलाई डिजिटल प्रणाली अपनाउन प्रोत्साहित गर्नेछ। लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीचको यस सहकार्यमा डाटा-आधारित मूल्याङ्कन प्रणालीमार्फत कर्जा स्वीकृति प्रक्रिया प्रभावकारी बन्ने भएकाले यसले नेपालका साना तथा मझौला उद्यमहरूको दिगो विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

लक्ष्मी सनराइज बैंकको बैंकिङ विशेषज्ञता तथा आइएमएस सफ्टवेयरको प्राविधिक सेवा प्रदायक (TSP) का रूपमा रहेको प्रविधिगत क्षमताको संयोजनले व्यवसायहरूलाई छिटो, सहज र पारदर्शी रूपमा कर्जा पहुँच उपलब्ध गराउँदै नेपालको डिजिटल अर्थतन्त्रलाई थप सुदृढ बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?