National life

नबिलको ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ अफर, घरबाटै आवेदन दिन सकिने (भिडियोसहित)

नबिल बैंकको ४२औँ वार्षिकोत्सवमा ‘लाइफटाइम फ्री’ क्रेडिट कार्ड योजना

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२२ साउन २०८३, शुक्रबार
1.3kShares
नबिलको ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ अफर, घरबाटै आवेदन दिन सकिने (भिडियोसहित)
ncell

काठमाडौं । नबिल बैंकले आफ्नो ४२औँ वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि विशेष क्रेडिट कार्ड अफर सञ्चालन गरेको छ । बैंकले आगामी अगस्ट २२ सम्म नयाँ क्रेडिट कार्ड आवेदन दिने ग्राहकलाई ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ सुविधा उपलब्ध गराउने जनाएको छ ।

नबिल बैंकका ट्रान्जेक्सन बैंकिङ तथा एन बैंकका चिफ बिजनेस अफिसर निरज शर्माले हामीसँगको कुराकानीमा बैंकले वार्षिकोत्सवका अवसरमा विभिन्न बैंकिङ सेवामा विशेष सहुलियत दिइरहेको जानकारी दिए । उनका अनुसार हाल सञ्चालनमा रहेको प्रमुख अभियानमध्ये क्रेडिट कार्डसम्बन्धी योजना विशेष आकर्षणको रूपमा रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नबिलको ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ अफर, घरबाटै आवेदन दिन सकिने #नबिलबैंक #क्रेडिटकार्डअफर #लाइफटाइमफ्री #डिजिटलआवेदन #घरबाटैसेवा #बैंकिङसमाचार #नेपालफाइनान्स #अफर #सजिलोबैंकिङ #आर्थिकअपडेट #aarthikvoice | Aarthikvoice

नबिलको ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ अफर, घरबाटै आवेदन दिन सकिने #नबिलबैंक #क्रेडिटकार्डअफर #लाइफटाइमफ्री #डिजिटलआवेदन #घरबाटैसेवा #बैंकिङसमाचार #नेपालफाइनान्स #अफर #सजिलोबैंकिङ #आर्थिकअपडेट #aarthikvoice | Aarthikvoice

शर्माले नबिल बैंक नेपालमा क्रेडिट कार्ड जारी गर्ने अग्रणी बैंकमध्ये एक रहेको उल्लेख गर्दै तीन दशकभन्दा बढी समयदेखि ग्राहकलाई क्रेडिट कार्ड सेवा प्रदान गर्दै आएको बताए । सामान्यतया क्रेडिट कार्ड प्रयोगकर्ताले कार्ड लिँदा ‘जोइनिङ फी’ तथा हरेक वर्ष ‘एनुअल फी’ तिर्नुपर्ने व्यवस्था रहे पनि विशेष अभियानअन्तर्गत यी दुवै शुल्कबाट ग्राहकलाई आजीवनका लागि पूर्ण छुट दिइएको उनले बताए ।

‘अगस्ट २२ सम्म नयाँ क्रेडिट कार्ड लिने ग्राहकले कार्ड प्रयोग गरिरहेसम्म जोइनिङ फी र वार्षिक शुल्क तिर्नु पर्दैन,‘ उनले भने, ‘ग्राहकले आफ्नो खर्चअनुसारको रकम समयमा भुक्तानी गरे पुग्छ ।’

उनका अनुसार नियमित आम्दानी भएका व्यक्तिले नबिल बैंकको कुनै पनि शाखा वा एन बैंक डिजिटल प्लेटफर्ममार्फत क्रेडिट कार्डका लागि आवेदन दिन सक्छन् । तलबी कर्मचारी, व्यवसायी वा घरभाडा लगायत नियमित आय स्रोत भएका ग्राहकलाई लक्षित गरी सेवा उपलब्ध गराइएको उनले बताए ।

क्रेडिट कार्ड आवेदनका लागि नियमित आम्दानी पुष्टि गर्ने कागजात, नागरिकताको प्रतिलिपि, पासपोर्ट साइज फोटो तथा आवश्यक विवरणसहितको आवेदन फाराम आवश्यक पर्ने उनले जानकारी दिए । व्यवसायीका हकमा व्यवसायसम्बन्धी वित्तीय विवरण, कर चुक्ता प्रमाणपत्र लगायतका कागजात पेश गर्नुपर्नेछ । नबिल बैंकमा खाता नभएका ग्राहकले बैंक स्टेटमेन्ट समेत उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।

शर्माका अनुसार डिजिटल बैंकिङको विस्तारसँगै ग्राहकले शाखामा उपस्थित नभई घरबाटै एन बैंक एप वा वेबमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । अनलाइन आवेदनपछि आवश्यक कागजात अपलोड गर्न सकिने र बैंकले सम्पूर्ण प्रक्रिया एसएमएस, इमेल वा फोनमार्फत जानकारी गराउँदै कार्ड जारी गर्ने उनले बताए ।

क्रेडिट कार्डको मुख्य विशेषता ‘इन्ट्रेस्ट फ्री क्रेडिट पिरियड’ रहेको उल्लेख गर्दै उनले ग्राहकले अधिकतम ४५ दिनसम्म ब्याजविना बैंकको रकम प्रयोग गर्न सक्ने बताए । बिलिङ मिति र भुक्तानी मितिबीचको अवधिमा ग्राहकले कुनै अतिरिक्त शुल्कबिना सुविधा उपयोग गर्न सक्ने उनको भनाइ छ ।

त्यसैगरी बैंकले ‘बाइ नाउ पे लेटर (बिएनपीएल)’ सुविधा पनि उपलब्ध गराउँदै आएको छ । यसअन्तर्गत नबिलसँग आबद्ध व्यापारीक प्रतिष्ठानबाट टेलिभिजन, मोबाइल, ल्यापटप, घरेलु उपकरण लगायतका वस्तु खरिद गर्दा ग्राहकले एकमुष्ट रकम नतिरी मासिक किस्तामा भुक्तानी गर्न सक्नेछन् ।

क्रेडिट कार्ड प्रयोगकर्ताले विभिन्न रेस्टुरेन्ट, होटेल, अस्पताल, डाइग्नोस्टिक सेन्टर, सपिङ मल तथा अन्य व्यापारिक प्रतिष्ठानमा विशेष छुटसमेत प्राप्त गर्ने बैंकले जनाएको छ । बैंकले आफ्ना साझेदार संस्थासँगको सहकार्यमा यस्ता छुट तथा अफर उपलब्ध गराउँदै आएको छ ।

शर्माले ई–कमर्स कारोबार बढ्दै गएका बेला क्रेडिट कार्डले ग्राहकलाई अतिरिक्त सुरक्षा प्रदान गर्ने बताए । अनलाइन खरिद गर्दा सामान नआएको वा विवरणअनुसारको वस्तु प्राप्त नभएको अवस्थामा ग्राहकले ‘चार्जब्याक’ लगायतका संरक्षण सुविधा पाउने उनले बताए ।

उनका अनुसार नबिलको डोमेस्टिक क्रेडिट कार्ड नेपालसँगै भारतमा समेत प्रयोग गर्न सकिने भएकाले यात्रु तथा नियमित कारोबार गर्ने ग्राहकलाई थप सहजता मिल्नेछ । ‘पैसा बोकेर हिँड्नुपर्ने झन्झट कम हुन्छ, सुरक्षित र व्यवस्थित रूपमा खर्च व्यवस्थापन गर्न सकिन्छ,‘ उनले भने ।

बैंकले डिजिटल बैंकिङ र कार्ड सेवाको विस्तारमार्फत ग्राहकलाई सहज, सुरक्षित र आधुनिक भुक्तानी प्रणाली उपलब्ध गराउने लक्ष्यका साथ विभिन्न अभियान सञ्चालन गरिरहेको जनाएको छ । ४२औँ वार्षिकोत्सवका अवसरमा ल्याइएको ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ योजना त्यसैको एक हिस्सा भएको बैंकको भनाइ छ ।

त्यसैगरी, साना तथा ठूला व्यवसायीहरूलाई डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गर्न इलेक्ट्रोनिक पेमेन्ट गेटवे (इपीजी) इन्टिग्रेसन शुल्कमा ५० प्रतिशत छुटको घोषणा गरेको छ भने सेफ डिपोजिट लकर सेवाको सुरक्षण धरौटी शुल्कमा ४२ प्रतिशत छुट दिने अफरहरू सार्वजनिक गरेको छ । बैंकका अनुसार यो सुविधा आगामी २२ अगस्ट २०२६ सम्म लागू रहनेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?