National life

नबिल बैंक ‘आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६’ बाट सम्मानित

नबिल बैंकको अन्तर्राष्ट्रिय सफलता, आईसीसी अवार्डमा उत्कृष्ट घोषित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१९ साउन २०८३, मङ्गलबार
1.5kShares
नबिल बैंक ‘आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६’ बाट सम्मानित
ncell

काठमाडौं । नबिल बैंक लिमिटेड ले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६’ अन्तर्गत बाणिज्य बैंकतर्फ ‘बेस्ट बैंक अवार्ड’ जितेको छ।

भारतको अग्रणी वाणिज्य संस्था इण्डियन चेम्बर अफ कमर्स द्वारा नयाँदिल्लीमा आयोजित चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स कार्यक्रममा नबिल बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो।

यो अवार्डका लागि बिम्स्टेक क्षेत्रका नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्डका बैंक तथा वित्तीय संस्थाहरूबीच कडा प्रतिस्पर्धा भएको थियो। सहभागी संस्थाहरूको वित्तीय अवस्था, संस्थागत सुशासन, नवप्रवर्तन, व्यवसाय विस्तार, ग्राहक सेवा र समग्र कार्यसम्पादनका आधारमा मूल्याङ्कन गरिएको आयोजकले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अवार्ड छनोट प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाउन प्राइस वाटरहाउस कूपर्स का विज्ञहरू सम्मिलित स्वतन्त्र निर्णायक मण्डल गठन गरिएको थियो।

नबिल बैंकले प्राप्त गरेको यो सम्मानलाई नेपालको बैंकिङ क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यसले अन्तर्राष्ट्रिय स्तरमा नेपाली बैंकहरूको विश्वसनीयता र प्रतिस्पर्धात्मक क्षमता थप सुदृढ भएको संकेत गरेको विश्लेषण गरिएको छ।

सन् १९२५ मा स्थापना भएको इण्डियन चेम्बर अफ कमर्सले दक्षिण एसियाली मुलुकहरूबीच आर्थिक सहकार्य प्रवर्द्धन गर्दै हरेक वर्ष उत्कृष्ट बैंक तथा वित्तीय संस्थाहरूलाई सम्मान गर्दै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?