काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्नो अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिजा (Visa) सँग " भिजा डाइरेक्ट टू एकाउन्ट” (Visa Direct to Account) सेवाका लागि सम्झौता गरेको छ । भिजाको यो प्रविधि विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रहरुमा सफलतापूर्वक सञ्चालनमा आइसकेको छ ।
यस सम्झौता पश्चात् एनएमबि बैंकका ग्राहकहरुलाई विदेशमा रकम पठाउने नयाँ र सहज विकल्प प्राप्त हुनेछ । यो प्रविधि प्रयोग गरी ग्राहकहरुले झन्झटविना अझ भरपर्दो र सुरक्षित रुपमा रकम स्थानान्तरण गर्न सक्नेछन् ।
एनएमबि बैंकले हाल देशभरी १९७ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय बैकिङ्ग सेवा प्रदान गदै आइरहेको छ ।


































