National life

एनएमबि बैंकको नयाँ सेवा, अनलाइनबाटै कर्जा आवेदन र तत्काल स्थिति हेर्न सकिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०४ भदौ २०८३, बिहिबार
1.1kShares
एनएमबि बैंकको नयाँ सेवा, अनलाइनबाटै कर्जा आवेदन र तत्काल स्थिति हेर्न सकिने
ncell

काठमाडौँ । एनएमबि बैंकले आफ्नो डिजिटल रुपान्तरणको यात्रामा एक महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै अनलाइन कर्जा आवेदन (Online Loan Application) तथा ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ। यस नवीन व्यवस्थासँगै ग्राहकहरूले अब बैंक धाउनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् ।

नयाँ डिजिटल पोर्टल मार्फत ग्राहकहरूले जुनसुकै स्थान वा Device बाट सजिलै कर्जाको लागि आवेदन दिन र आफ्नो आवेदन कुन चरणमा पुगेको छ भनी ’रियल–टाइम’ मा ट्र्याक गर्न सक्नेछन् । यसले कर्जा स्वीकृत हुने समय घटाउनुका साथै सम्पूर्ण प्रक्रियालाई पारदर्शी, सरल र वातावरणमैत्री बनाउने बैंकको विश्वास छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अनलाइन कर्जा आवेदन दिने सहज तरिका :

  • Loan Services मा गई Explore Products मा क्लिक गर्नुहोस् ।

  • आफूलाई चाहिएको कर्जा शीर्षक छनोट गरी आवश्यक विवरणहरू भर्नुहोस् ।

  • फारम बुझाउनासाथ तुरुन्तै Online Loan Tracking ID प्राप्त हुनेछ ।

  • उक्त ट्र्याकिङ आईडी प्रयोग गरी आफ्नो कर्जा आवेदनको स्थिति (Status) सोझै हेर्नुहोस् ।

  • नेपालमा आधुनिक तथा कागजरहित (Paperless) बैंकिङ सेवा प्रवद्र्धन गर्ने लक्ष्यका साथ यो सेवा सुरु गरिएको हो । सम्पूर्ण कर्जा प्रक्रियालाई डिजिटलाइज गरी ग्राहकको अमूल्य समय बचत गर्न र दिगो तथा प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्न एनएमबि बैंक प्रतिबद्ध रहेको छ ।

    एनएमबि बैंकले हाल देशभरी १९७ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

    यो समाचार शेयर गर्नुहोस्
    1.1kSHARES
    machhapuchhre
    shikhar insurance ad

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?