National life

४८ करोड कर्जा अनियमितता प्रकरण : व्यवसायी शशिधर शर्मा प्रहरी नियन्त्रणमा

राष्ट्र बैंकको प्रतिवेदनपछि कारबाही, कर्जा रकम दुरुपयोगमा अनुसन्धान तीव्र

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|३१ असार २०८३, बुधबार
1.2kShares
४८ करोड कर्जा अनियमितता प्रकरण : व्यवसायी शशिधर शर्मा प्रहरी नियन्त्रणमा
ncell

काठमाडौं । बैंकबाट लिएको ठूलो परिमाणको कर्जा तोकिएको उद्देश्यबाहिर प्रयोग गरेको आरोपमा एक रिसोर्ट कम्पनीका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ५८ वर्षीय शशिधर शर्मालाई काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थानबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले २०८३ असारमा तयार पारेको विशेष स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा उनीमाथि अनुसन्धान अघि बढाइएको हो। सम्बन्धित कम्पनीले रिसोर्ट निर्माण र जग्गा खरिद प्रयोजनका लागि प्रभु बैंक लिमिटेडबाट झण्डै ४८ करोड रुपैयाँ कर्जा लिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तर कर्जा प्रवाह प्रक्रियामा आवश्यक धितोको औपचारिक व्यवस्था नगरी पछि दृष्टिबन्धक गर्ने सहमति पत्रका आधारमा रकम लिइएको र सो रकम कम्पनीका अध्यक्षसँग निकट सम्बन्ध रहेका व्यक्ति तथा समूहअन्तर्गतका अन्य ऋणी संस्थाको बक्यौता तिर्न प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

राष्ट्र बैंकले उक्त कार्यलाई कर्जा दुरुपयोगसम्बन्धी कसुरको रूपमा ठहर गर्दै अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरेको थियो। त्यसपछि उच्च अदालत पाटनबाट अनुमति लिएर प्रहरीले उनलाई पक्राउ गरेको हो। अहिले बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत थप अनुसन्धान भइरहेको जनाइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?