National life

सन नेपाल लाइफका सीईओ अर्याल सेयर किर्ते आरोपमा पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१६ चैत २०८२, सोमबार
1.4kShares
सन नेपाल लाइफका सीईओ अर्याल सेयर किर्ते आरोपमा पक्राउ
ncell

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याललाई सेयर किर्ते गरेको आरोपमा पक्राउ गरेको छ। पूँजी बजार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को प्रारम्भिक अध्ययन प्रतिवेदनका आधारमा सीआईबीले अनुसन्धान अघि बढाउँदै अर्याललाई नियन्त्रणमा लिएको हो।

सेबोनले गरेको प्रारम्भिक छानबिनमा कम्पनीभित्र कर्मचारीका लागि छुट्याइएको सेयर बाँडफाँट प्रक्रियामा अनियमितता भएको देखिएको थियो। प्रतिवेदन अनुसार सीईओ अर्यालले झुठा विवरण तयार पार्दै आफू अनुकूल सेयर वितरण मिलाएको तथा आफ्नो स्वामित्वमा अपेक्षाभन्दा बढी सेयर राखेको आशंका गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त प्रतिवेदन थप अनुसन्धानका लागि सीआईबीमा पठाइएको थियो।

सीआईबी स्रोतका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। आवश्यक कागजात, सेयर बाँडफाँटसम्बन्धी विवरण तथा सम्बन्धित व्यक्तिहरूसँग बयान लिने प्रक्रिया अघि बढाइएको छ। प्रारम्भिक रूपमा वित्तीय अनियमितता र किर्तेसम्बन्धी कसुरमा अनुसन्धान केन्द्रित गरिएको जनाइएको छ।

यो घटनाले बीमा क्षेत्र तथा पूँजी बजारमा सुशासन र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ। नियामक निकायहरूले आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन निगरानी र नियन्त्रण थप कडा बनाउने संकेत गरेका छन्। लगानीकर्ताहरूले पनि यस घटनालाई गम्भीर रूपमा लिँदै कम्पनीको आन्तरिक शासन प्रणाली र नियमनप्रति चासो व्यक्त गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?