काठमाण्डौ। ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गरेको छ ।
बैंकको सोमबार सम्पन्न सञ्चालक समितिको ४४६ औं बैठकले आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट सेयरधनीहरुलाई चुक्तापूँजीको ५.५ प्रतिशत लाभांश(बोनस सेयर) वितरण गर्ने निर्णय गरेको हो ।
बोनस सेयरमा लाग्ने करको विषयमा बैंकले नियामकहरुलाई पठाएको पत्रमा उल्लेख गरेको छैन ।
बैंकका एक उच्च अधिकारीका अनुसार ग्लोबल आईएमई बैंकले पछिल्लो समय बैंक अफ काठमाण्डूलाई मर्जर गरेका कारण बोनस सेयरमा कर लाग्ने छैन । यसको अर्थ सेयरधनीले बोनस सेयरका लागि कर तिर्नुपर्दैन ।
बैंकबाट गरिएको यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी १८ औं वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
































