National life
cg eloctronics

नेपाल एसबिआई बैंक लि. द्धारा नक्साल, काठमाडौंमा सामाजिक उत्तरदायित्व कार्यक्रम

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२२ पुस २०८२, मङ्गलबार
1.7kShares
नेपाल एसबिआई बैंक लि. द्धारा नक्साल, काठमाडौंमा सामाजिक उत्तरदायित्व कार्यक्रम
muktinatha bikash bank

नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं नक्साल स्थित, नेपाल बाल संगठन, बाल मन्दिरका १०७ जना बालबालिकाहरुलाई न्यानो कपडा, चप्पल, ब्ल्याङकेट, म्याट्रेस, वाटर प्यूरिफायर लगायतका अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ ।

यस किसिमको पहलबाट बैंकले बालबालिकाहरुको तत्काल आवश्यकताहरू पुरा हुनुका साथै बालबालिकाहरुको समग्र बिकासमा सहयोग पु¥याउने लक्ष्य राखेको छ । कार्यक्रममा बैंकका अध्यक्ष, वेंकट बंसीधर कुंचाले  नेपाल बाल संगठनका अध्यक्ष,  विद्या उपाध्याय न्यौंपानेलाई औपचारिक रुपमा सहयोग सामग्रीहरु हस्तान्तरण गर्नुभएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सो कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारी, बैंकका संचालक,  रितेश सिन्हा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द, प्रमुख वित्तिय अधिकृत,  राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत,  प्रबिण मुनि बज्राचार्य र बंैक तथा संस्थाका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

बैंकले समुदाय स्तरमा यस्ता गतिविधिहरु समय समयमा गर्दै आइरहेकोे छ । नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?