काठमाडौँ । गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट आशा लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ।
कम्पनीको सञ्चालक समितिको चैत्र २ गते शुक्रवारका दिन बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो एक सूचना मार्फत कम्पनीले जानकारी दिएको छ । संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेस गर्ने जानकारी गराएको छ।
यसले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट १४.२९ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

































