National life

राष्ट्रिय वाणिज्य बैंकको ६१ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|११ माघ २०८२, आइतबार
1.4kShares
राष्ट्रिय वाणिज्य बैंकको ६१ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
ncell

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१औँ वार्षिकोत्सव शनिबार विशेष समारोहका बीच सम्पन्न भएको छ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बैंकको समग्र वित्तीय अवस्था, भावी रणनीति तथा बैंकिङ क्षेत्र सुधारका विविध विषयमा गहन छलफल गरिएको थियो।

समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले बैंकिङ क्षेत्रमा कर्जा विस्तार गर्दा ऋणीको मनोविज्ञान बुझ्नुपर्नेमा जोड दिनुभयो। उहाँले डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्नुपर्ने, कर्जालाई परम्परागत धितोमा मात्र सीमित नराखी क्रेडिट स्कोर, उद्यमशीलता, आय–आर्जन क्षमता तथा ऋण तिर्न सक्ने सामर्थ्यका आधारमा विस्तार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले राष्ट्रिय वाणिज्य बैंकले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै कर्जा प्रवाह गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार बैंक प्रविधिमैत्री सेवाको विस्तार गर्दै डिजिटल बैंकिङलाई रणनीतिक प्राथमिकताका साथ अघि बढिरहेको छ। हालै नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) ले आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी क्यूआर मर्चेन्ट कारोबार तथा डिजिटल सरकारी कारोबार गर्ने बैंकका रूपमा राष्ट्रिय वाणिज्य बैंकलाई पुरस्कृत गरेको जानकारी पनि कार्यक्रममा दिइयो।

वार्षिकोत्सवकै अवसरमा बैंकले प्रकाशन गरेको विशेषाङ्क ‘स्मारिका २०८२’ को विमोचन गरिएको थियो। साथै यस वर्ष सञ्चालनमा ल्याइएका १२ वटा शाखा कार्यालयको डिजिटल माध्यमबाट औपचारिक उद्घाटन गर्नुका साथै बैंकको नयाँ उत्पादन ‘आरबिबी फोन लोन’ को पनि शुभारम्भ गरिएको छ।

कार्यक्रममा बैंकमा २० वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई दीर्घसेवा पदक प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ, नेपाल वित्तीय संस्था कर्मचारी संघ तथा राष्ट्रिय कर्मचारी संगठनका प्रतिनिधिहरूले कर्मचारी हकहित, संस्थागत सुदृढीकरण तथा बैंकको दीर्घकालीन प्रगतिसम्बन्धी आफ्ना धारणा व्यक्त गरेका थिए।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?