National life

सुयोग श्रेष्ठ पुनः डेभलपमेण्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ चैत २०८१, बिहिबार
537Shares
सुयोग श्रेष्ठ पुनः डेभलपमेण्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति
ncell

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल (डीबान)को अध्यक्षमा पुनः सुयोग श्रेष्ठ निर्वाचित भएका छन्। पोखरामा सम्पन्न एशोसिएसनको १९औं वार्षिक साधारण सभाले सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई सर्वसम्मतिले अध्यक्ष चयन गरेको हो।

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल (डीबान)को अध्यक्षमा पुनः सुयोग श्रेष्ठ निर्वाचित भएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पोखरामा सम्पन्न एशोसिएसनको १९औं वार्षिक साधारण सभाले सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई सर्वसम्मतिले अध्यक्ष चयन गरेको हो।

साधारण सभाले आगामी कार्यकालका उपाध्यक्षमा लागि दिनेश थकाली (कामना सेवा बिकास बैंक), सचिवमा माधब प्रसाद उपाध्याय (गरिमा बिकास बैंक) र कोषाध्यक्षमा कपिल ढकाल (ज्योति विकास बैंक) लाई चयन गरेको छ।

यस्तै, नरेश सिंह बोहरा (लुम्बिनी विकास बैंक), प्रकाश पौडेल (साइन रेसुंगा डेभलपमेण्ट बैंक), दिपेश लम्साल (महालक्ष्मी बिकास बैंक), हरिबहादुर बुढाथोकी (ग्रिन डेभलपमेण्ट बैंक) र दिनेश पोखरेल (सप्तकोशी डेभलपमेण्ट बैंक) सदस्यमा चयन भएका छन्।

सभाले आर्थिक वर्ष २०८०र८१ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आर्थिक वर्ष २०८१र८२ को अनुमानित आय९व्यय र लेखापरीक्षक नियुक्ति लगायतका प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
537SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?