National life

आर्थिक सुशासनदेखि रोजगारीसम्म, बजेटका प्राथमिकता स्पष्ट: अर्थमन्त्री

सरकारले ल्याएको बजेट व्यवस्थित, सुरक्षित र मर्यादित श्रम बजार निर्माणतर्फ केन्द्रित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०१ असार २०८३, सोमबार
1.4kShares
आर्थिक सुशासनदेखि रोजगारीसम्म, बजेटका प्राथमिकता स्पष्ट: अर्थमन्त्री
ncell

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ल्याएको बजेट आर्थिक सुशासनदेखि रोजगारी सिर्जनासम्मका प्रमुख प्राथमिकतामा केन्द्रित रहेको बताउनुभएको छ। राष्ट्रिय सभामा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले बजेटले उत्पादनमुखी अर्थतन्त्र, कृषि आधुनिकीकरण, डिजिटल विकास र पूर्वाधार विस्तारमार्फत समग्र आर्थिक सशक्तिकरणलाई लक्ष्य बनाएको स्पष्ट पार्नुभयो।

वाग्लेले सरकारले ल्याएको बजेट व्यवस्थित, सुरक्षित र मर्यादित श्रम बजार निर्माणतर्फ केन्द्रित रहेको बताउनुभएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्रिय सभामा आज भएको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले बजेटको मुख्य लक्ष्य आर्थिक तथा राजनीतिक सुशासन प्रवर्द्धन गर्नु, कृषि क्षेत्रको आधुनिकीकरण गर्नु, रोजगारी सिर्जना बढाउनु, डिजिटल अर्थतन्त्र विस्तार गर्नु र समग्र आर्थिक सशक्तिकरण गर्नु रहेको स्पष्ट पार्नुभयो।

उहाँका अनुसार गरिबी न्यूनीकरणका लागि सहायता निर्भरता घटाउँदै दीर्घकालीन आय र रोजगारी सिर्जनामा आधारित आर्थिक संरचना विकास गर्ने नीति बजेटले अंगीकार गरेको छ।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई उत्पादनमुखी लगानीमा प्रोत्साहित गर्दै सडक, डिजिटल पूर्वाधार र हवाई सम्पर्क सुधारमार्फत अर्थतन्त्रलाई औपचारिकीकरण गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो।

यसैगरी सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशलाई विशेष प्राथमिकतामा राख्दै स्वास्थ्य सेवा विस्तार, पूर्वाधार विकास र वातावरण संरक्षणलाई बजेटमा उच्च महत्व दिइएको उहाँको भनाइ थियो।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?