National life

'एक पटकको नेपाली, सधैँको नेपाली' सरकारको नीति, ढुक्क भएर नेपालमा लगानी गर्नुस् : अर्थमन्त्री वाग्ले

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|१० साउन २०८३, आइतबार
872Shares
'एक पटकको नेपाली, सधैँको नेपाली' सरकारको नीति, ढुक्क भएर नेपालमा लगानी गर्नुस् : अर्थमन्त्री वाग्ले
ncell

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले "एक पटकको नेपाली, सधैँको नेपाली" सरकारको स्पष्ट नीति रहेको भन्दै प्रवासमा रहेका नेपालीलाई ढुक्क भएर नेपालसँगको सम्बन्ध कायम राख्न र लगानी विस्तार गर्न आग्रह गरेका छन्।

अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूले आयोजना गरेको सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले प्रवासी नेपालीहरू सरकारका विकास र लगानी विस्तारका सद्भावना दूत भएको बताए। 'एक पटकको नेपाली, सधैँको नेपाली' भन्ने हाम्रो मान्यता स्पष्ट छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ढुक्क हुनुहोस्, तपाईंहरू सधैँ नेपाली नै हुनुहुन्छ,' उनले भने।

वाग्लेले नयाँ सरकारले सुशासनलाई प्राथमिकतामा राख्दै आर्थिक सुधारको अभियान अघि बढाएको दाबी गरे। सरकार गठनपछिका पहिलो १०० दिनमा सुशासन, सार्वजनिक सेवा प्रवाह र अर्थतन्त्र सुधारका क्षेत्रमा उल्लेखनीय सुरुवात भएको उनको भनाइ थियो।

'सरकारको नेतृत्वदेखि मन्त्रीहरूसम्म उच्च नैतिकताको कसीमा उभिएर काम गरिरहेका छन्। मेरिटोक्रेसी, नेतृत्वमा उच्च नैतिकता, भ्रष्टाचारमा शून्य सहनशीलता र अर्थतन्त्रको पुनरुत्थानका लागि सुरु गरिएका कदम पछिल्लो एक दशककै महत्त्वपूर्ण सुधारको सुरुवात हुन्,' उनले भने।

अर्थमन्त्री वाग्लेले बजेटमार्फत कर प्रणाली, राजस्व परिचालन, बजेट वितरण र लगानी प्रवर्द्धनमा सुधारका कार्यक्रम ल्याइएको उल्लेख गर्दै प्रवासी नेपालीबाट नेपालमा थप लगानी भित्रिने अपेक्षा सरकारले गरेको बताए।

उनले नेपालमा गरिएको वैध विदेशी लगानीको प्रतिफल फिर्ता लैजान सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

'डायस्पोराका लागि नेपालमा लगानी गर्ने महत्त्वपूर्ण ढोका खोलिएका छन्। तपाईंहरूले कमाएको वैध पूँजी र विदेशी लगानी नेपालमा ल्याउन अग्रसर हुनुस्। सरकार त्यसका लागि आवश्यक सहजीकरण गर्न तयार छ,' उनले भने।

वाग्लेले सरकारले गैरआवासीय नेपाली (एनआरएनए) बन्ड, अफसोर बन्ड तथा वैकल्पिक वित्त परिचालनजस्ता अवधारणा अघि सारेको उल्लेख गर्दै ती कार्यक्रम प्रवासी नेपालीको लगानी आकर्षित गर्न लक्षित रहेको बताए।

सरकारले अर्थतन्त्रको पुनरुत्थानका लागि थप के–कस्ता नीतिगत सहजीकरण आवश्यक छ भन्ने विषयमा पनि प्रवासी नेपालीबाट सुझाव अपेक्षा गरेको उनले बताए।

अस्ट्रेलियामा नेपाली समुदायको उपस्थिति उल्लेखनीय रहेको भन्दै अर्थमन्त्री वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालको समृद्धिको महत्वपूर्ण साझेदारका रूपमा देश निर्माणमा हातेमालो गर्न आग्रह गरे।

यो समाचार शेयर गर्नुहोस्
872SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?