National life

लुम्बिनी प्रदेशको ३७.३८ अर्ब बजेट सार्वजनिक, विकासलाई प्राथमिकता

विकास, सेवा र उत्पादनमुखी क्षेत्रलाई प्राथमिकतामा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०१ असार २०८३, सोमबार
1.7kShares
लुम्बिनी प्रदेशको ३७.३८ अर्ब बजेट सार्वजनिक, विकासलाई प्राथमिकता
ncell

बुटवल। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै विकास, सेवा र उत्पादनमुखी क्षेत्रलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।

कुल बजेटमध्ये पुँजीगत खर्चतर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ भने चालु खर्चतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ छुट्याइएको छ। वित्तीय व्यवस्थापनसहित समग्र बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ पुगेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारले यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १ अर्ब ५२ करोड रुपैयाँले कम रहेको जनाएको छ। गत वर्ष प्रदेश सरकारले ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो।

प्रदेश सरकारका अनुसार पूर्वाधार विकास, कृषि आधुनिकीकरण, शिक्षा, स्वास्थ्य सेवा विस्तार, रोजगारी सिर्जना तथा आर्थिक उत्पादन वृद्धि बजेटका मुख्य प्राथमिकता हुन्।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?