National life

‘ट्रू–मी’का उत्पादन अब नेपाली बजारमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०२ साउन २०८०, मङ्गलबार
497Shares
‘ट्रू–मी’का उत्पादन अब नेपाली बजारमा
ncell

काठमाडाैं । अमेरिकी प्रविधिबाट उत्पादित ‘ट्रू–मी’ का व्यावसायिक उत्पादन नेपाली बजारमा बिक्री वितरण शुरु भएको छ । आज काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले ‘ट्रू मी’ का विभिन्न उत्पादनहरूको औपचारिक सार्वजनिक गरेका हुन् ।

आजबाटै देशभरि बिक्रीवितरण प्रारम्भ भएको जानकारी नेपालका लागि कारोबारको आधिकारिता पाएको कम्पनीले जनाएको छ । नेपालमा ट्रू–मीका विभिन्न उत्पादनहरू बिक्री गर्दै आएको कम्पनीले आजबाट औपचारिक रुपमा ट्रू–मीका उत्पादनसमेत बिक्रीवितिरण शुरु गरेको कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘ट्रू–मीका उत्पादनहरूलाई हामीले पछिल्लो तीन महिनादेखि नेपाली बजारमा परीक्षण स्वरुप बिक्रीवितरण गरेका थियौं, बजारमा साकारात्मक प्रतिक्रिया पायौं जसले गर्दा हामीलाई बजार विस्तारका लागि थप उत्साही बनाएको छ’, अध्यक्ष सुशान्त मुररकाले भने, ‘अमेरिकी प्रविधिबाट उत्पादित हेयरकेयर र स्किन केयर सामग्री भएर होला, उपभोक्ताको प्रतिक्रिया अपेक्षाकृत रुपमा सकारात्मक पायौं ।’

कार्यक्रममा बोल्दै ट्रुमीका उत्पादनका लागि ब्रान्ड एम्बेस्डर तथा सिनियर ब्युटी स्पेसलिस्ट रुश्का वैद्य श्रेष्ठले भनिन्, ‘क्लिनिकल्ली प्रमाणित, प्राकृतिक सामग्रीबाट उत्पादन भएको तथा छाला विशेषज्ञले समेत सिफारिस गरेको उत्पादन भएकोले ट्रू–मीका उत्पादनमा विश्वसनीयता निहित छ । यी सामग्रीमा कुनै हानिकारक तथा रसायन पदार्थ नरहेकाले सबैले प्रयोग गर्न उपयुक्त छन् ।’

नेपाली बजारमा आधिकारिक रुपमा १७ प्रकारका ट्रू–मी का हेयर–केयरका उत्पादन उपलब्ध हुनेछन् ।

बजारमा उपलब्ध सामग्रीहरूमा क्रेराटिन हेयर सिरम, हेयर फल कन्ट्रोल स्याम्पु, क्रेराटिन हेयर स्ट्रेट्रिङ्क, हेयर ब्लीज पाउडर, डेपल्पर, हेयर टिट्मेन्ट स्पा र हेयर वाक्स उपलब्ध रहेका छन् ।

त्यसैगरी, गोल्ड एन्ड हनी कलेक्सन (फेस स्कृब, फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क), ओवाटोन पपया कलेक्सन (फेस स्क्रब,फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क), मिक्स फ्रुट्स कलेक्सन (फेस स्कृब,फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क), डायमन कलेक्सन (फेस स्क्रब,फेस प्याक, फेस फेसियल कृम, फेस जेल, फेस क्लजीङ मिल्क), स्किन ह्वाईटनिङ्ग प्रोड्क्ट (फेस स्कृब,फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क) र रोज फेस टोनर लगायत कस्मेटिक उत्पादनहरू छन् ।

ट्रू–मीका हेयर–केयर र स्कीन केयरका सामग्रीहरू सबै प्रकारका केश तथा छालाका लागि उपयुक्त र प्रभावकारी रहेकोे कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
497SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?