National life

नेपालमा भारु १०० दरभन्दा ठूला नोट प्रतिबन्धित, अन्य के छन् भारुसम्बन्धी व्यवस्था ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०९ असोज २०८०, मङ्गलबार
502Shares
नेपालमा भारु १०० दरभन्दा ठूला नोट प्रतिबन्धित, अन्य के छन् भारुसम्बन्धी व्यवस्था ?
ncell

काठमाडाैं । नेपाल राष्ट्र बैंकले नेपालमा भारतीय रुपैयाँ (भारु) सम्बन्धी विभिन्न व्यवस्था गरेको छ। राष्ट्र बैंकले आज वित्तीय चेतनाका लागि एउटा सूचना सार्वजनिक गर्दै भारुसँग सम्बन्धित व्यवस्थाहरुबारे जानकारी गराएको हो।

नेपालमा भारु १०० दरभन्दा ठूला दलका नोट साथमा राख्न, ओसरपसार गर्न र कारोबार गर्न प्रतिबिन्धत रहेकाे केन्द्रीय बैंकले जनाएकाे छ।

राष्ट्र बैंकले भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर ५ हजारबराबरको भारु (१०० वा सोभन्दा कम दरका नोट मात्र) ल्याउन/लैजान सकिन्छ भने योभन्दा बढी रकम भन्सारमा घोषणा गर्नुपर्ने व्यवस्था गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भारत भ्रमणका लागि नगद भारु २५ हजारसम्म र औषधोपचारका लागि नगद भारु ५० हजारसम्मको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ। भारत भ्रमणमा जाने नेपाली नागरिकले भारु २५ हजारसम्मको यस्तो सटही सुविधा मनिचेन्जरबाट पनि लिन सक्ने व्यवस्था गरिएको छ।

कारोबारका अन्य माध्यम जस्तै ड्राफ्ट, टीटी, कार्डमार्फत अस्पतालको भुक्तानी आदिमा भने यो सीमा लागू नहुने राष्ट्र बैंकले जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
502SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?