National life

११ महिनामै भित्रियो २१ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|२९ असार २०८३, सोमबार
1.5kShares
११ महिनामै भित्रियो २१ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी  रेमिट्यान्स
ncell

काठमाडौं — चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रेमिट्यान्स आप्रवाहले नयाँ उचाइ कायम गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको जेठ मसान्तसम्म मुलुकमा २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको समष्टिगत आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.२ प्रतिशतले बढी हो। गत वर्ष जेठसम्म नेपालमा १५ खर्ब ३४ अर्ब १६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रतिवेदनअनुसार जेठ महिनामा मात्रै २ खर्ब ३ अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स आएको छ। अघिल्लो वर्षको जेठ महिनामा यस्तो आप्रवाह १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो।

अमेरिकी डलरमा हिसाब गर्दा पनि विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि देखिएको छ। चालु आवको ११ महिनामा डलरमा आधारित रेमिट्यान्स २९.६ प्रतिशतले बढेर १४ अर्ब ५९ करोड अमेरिकी डलर पुगेको राष्ट्र बैंकले जनाएको छ।

यस अवधिमा नेपालको विदेशी मुद्रा सञ्चितिमा समेत उल्लेख्य सुधार भएको छ। कुल विदेशी मुद्रा सञ्चिति ४०.३ प्रतिशतले बढेर ३७ खर्ब ५५ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २६.५ प्रतिशतले बढेर २४ अर्ब ६८ करोड डलर पुगेको छ।

कुल विदेशी मुद्रा सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग रहेको सञ्चिति ३७.९ प्रतिशतले बढेर ३३ खर्ब ३० अर्ब ७ करोड रुपैयाँ पुगेको छ भने बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिति ६१.८ प्रतिशतले वृद्धि भई ४ खर्ब २५ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ।

रेमिट्यान्समा भएको निरन्तर वृद्धिले नेपालको बाह्य क्षेत्र मजबुत बनाउन सहयोग पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?