National life

रेमिट्यान्समा वृद्धि: ५ महिनाको अवधिमा विप्रेषण आप्रवाह ६४०अर्ब ४३ करोड

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ पुस २०८१, शुक्रबार
704Shares
रेमिट्यान्समा वृद्धि: ५ महिनाको अवधिमा विप्रेषण आप्रवाह ६४०अर्ब ४३ करोड
ncell

काठमाण्डौं । पछिल्लो ५ महिनाको अवधिमा नेपाल भित्रिने रेमिट्यान्समा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको उक्त अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले बढेर रु ६४० अर्ब ४३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २१.१ प्रतिशतले बढेको थियो। यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु ६९९ अर्ब ३४ करोड पुगेको छ। अघिल्लो वर्षको यस्तो आय रु ६६९ अर्ब ७७ करोड रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
704SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?