National life

रेमिट्यान्सको भरमा चल्दै देश ,४ महिनामा ५ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ मंसिर २०८१, बिहिबार
998Shares
रेमिट्यान्सको भरमा चल्दै देश ,४ महिनामा ५ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
ncell

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१र८२ को चार महिनाको अवधिमा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ९.१ प्रतिशतले बढी हो ।

नेपाल राष्ट्र बैंकको साउन–कार्तिकको अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्षको चार महिनामा यस्तो आप्रवाह ३ अर्ब ६० करोड रहेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय ९खुद ट्रान्सफर० ५ खर्ब ६८ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ खर्ब २१ अर्ब ४३ करोड रहेको थियो ।

चार महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या १ लाख ४७ हजार ४७८ छ । यही अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १०५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ३७ हजार ४७५ र ६८ हजार ८४१ रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
998SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?